काठमाडौं, ३१ असार २०७९
कान्ती बाल अस्पतालमा विगत लामो समय देखी सञ्चालन हुँदै आएको दन्त चिकित्सा विभागले बालबालिका तथा किशोर किशोरमा हुने मुख तथा दाँतको समस्याको लागी केन्द्रीय प्रेषण विभागको रुपमा काम गरिरहेको छ ।
दन्त विभागमा आज मिति देखि सेवाहरु वृहत रुपमा विस्तारित भएको छ। जसमा अत्याधुनिक इलेक्ट्रिकल डेण्टल चेयर, अत्याधुनिक प्रवृतिको आरभिजी एक्सरे सेवा पनि विस्तार भएको छ ।
आज भएको उद्घाटन कार्यक्रममा कान्ती बाल अस्पतालका निर्देशक डा. युवनिधी बसौलाले हाल कान्ती बाल अस्पातलमा डेण्टल बिधाका विभिन्न विशेषज्ञहरु पनि रहेको हुनाले सम्पुर्ण विशेषज्ञ सेवा विस्तार गर्न क्रमिक प्रयास गरिरहेको छु,
थप सेवा पनि विस्तार गर्ने जानकारी दिनुभयो । सेवा विस्तार र विशिष्टकृत अस्पतालको रुपमै सेवाहरु विकास गर्न सम्पुर्ण कार्यरत डाक्टर तथा कर्मचारिहरुप्रती आभार पनि व्यक्त गर्दै डेण्टल विभागको विकासको लागी उत्कृष्ट नेतृत्व गरेकोमा विभागिय प्रमुख डा. सोनी सुबेदिलाई विशेष धन्यवाद दिनुभयो।
अहिले कान्ती बाल अस्पतालमा वरिष्ठ कन्सल्टेण्ट डेन्टल सर्जन (प्रोस्थोडोन्टिस्ट) डा. सोनी सुबेदी सहित पेरियोडोन्टिष्ट, अर्थोडोन्टिष्ट , पेडियाट्रिक डेन्टिष्ट, इण्डोडोन्टिस्ट बिषयका विशेषज्ञ चिकित्सक र डेन्टल सर्जनहरु कार्यरत हुनुहुन्छ ।