काठमाडौँ, ७ चैत २०७८
कान्ति बाल अस्पतालले बच्चाहरुको लागि (पेडियाट्रिक पल्मोनोलोजी ओपिडी) छातीरोग सम्वन्धी उपचार
सुरु गरेको छ ।
पेडियाट्रिक पल्मोनोलोजी एण्ड इन्टेन्सिभ केयरमा डीएम गरेका नेपालकै पहिलो पेडियाट्रिक पल्मोनोलोजिष्ट डा. जगतजीवन घिमिरे नेतृत्वको टोलीले यो सेवा सुरु गरेको हो ।
कान्तिमा यसअघि सामान्य रुपमा दम क्लिनिक सञ्चालन गरेको थियो । आज देखि बच्चाहरुको (पल्मोनोलोजी) छातीरोग सम्बन्धि सम्वन्धी सबै उपचार हुनेछ ।
डा. घिमिरेले भने यसलाई बच्चाहरुको चेष्ट क्लिनिक हो भनेर बुझ्दा पनि हुन्छ । हामीले पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सुरु गरेका छौँ । यसअघि दमको मात्रै जाँच हुन्थ्यो । त्यो भनेको पल्मोनोलोजी भित्रको एउटा स्वास्थ्य समस्या भयो । अब पल्मोनोलोजी भित्र पर्ने थुप्रै स्वास्थ्य समस्याको निदान तथा उपचार हुन्छ।
पल्मोनोलोजी ओपिडी अन्तर्गत अर्को महत्वपूर्ण मानिने ब्रोन्कोस्कोपिक सेवा पनि छिटै सुरु गर्ने अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिनुभयो।
डा. बसौलाले अहिले चलिरहेको पीआईसीयूमा समेत थप उपकरण राखेर अझ व्यवस्थित तरिकाले अगाडि बढाउन लागेको समेत जानकारी दिए ।
उनले सो ओपिडीमा बच्चामा हुने दम, निमोनिया, सास फेर्न गाह्रो हुने, निद्राको समस्या, निद्रामा घुर्ने लगायतका छातीरोग सम्वन्धी सबै उपचार हुने डा. बसौलाले बताए ।
पेडियाट्रिक पल्मोनोलोजी ओपिडी अहिले हप्तामा दुई दिन सोमबार र विहीबार सञ्चालन हुनेछ ।