काठमाडौं, १५ फागुन २०७८
कान्ति बाल अस्पतालको कोभिड-१९ को फोकल पर्सनमा नवौं तहका कन्सलटेन्ट पेडियाट्रिक डा. अस्कल देवकोटालाई तोकिएको छ।
यस अघि कोभिड-१९ को फोकल पर्सनमा वरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद बिष्ट हुनुहुन्थ्यो।
डा. बिष्ट अबकास भएपछि डा. देवकोटालाई तोकिएको अस्पतालका निर्देशक डा. युवा निधि बसौलाले जानकारी दिनुभयो।