कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीले एक साताको अवधिमा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ६ असारदेखि १२ असारसम्म २३ पुरुष र एक महिलालाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूबाट १७.१६८ ग्राम खैरो हेरोइन, १५ एम्पुल प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन र १५ एम्पुल बुप्रेनोर्फिन हाइड्रोक्लोराइड इन्जेक्सन बरामद गरिएको प्रहरी कार्यालयले जनाएको छ।
यसअघि पनि भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रूपा जैरूलाई पनि लागूऔषधसहित पक्राउ गरिएको थियो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






