Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख ३१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कलैया अस्पतालमा इकोकार्डियोग्राफी, डेक्सा स्क्यान र आँखाको ओपिडि शुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
December 31, 2025
in News
Reading Time: 4 mins read
A A
0
कलैया अस्पतालमा इकोकार्डियोग्राफी, डेक्सा स्क्यान र आँखाको ओपिडि शुरु
592
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

बारा, १७ पुस २०८२

प्रादेशिक अस्पताल कलैयामा इकोकार्डियोग्राफी, डेक्सा स्क्यान र आँखाको ओपीडी सेवा सुरु भएको छ।

मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल रायले फागुन १६ गते एक कार्यक्रमबीच ती सेवाहरूको औपचारिक उद्घाटन गरेका हुन्।

नयाँ सेवाहरू सुरु भएसँगै स्थानीय बिरामीहरूले आधुनिक र गुणस्तरीय स्वास्थ्य परीक्षण तथा उपचार सुविधा आफ्नै क्षेत्रमा पाउने अवसर बढेको कार्यवाहक मेडिकल सुपरीटेन्डेन्ट डा. अजय कुमार गुप्ताले जानकारी दिनुभयो।

डा. गुप्ताका अनुसार मधेश प्रदेशका सेकेन्डरी ‘ए’ स्तरका अस्पतालहरूमध्ये प्रादेशिक अस्पताल कलैया पहिलो हो, जहाँ इकोकार्डियोग्राफी र डेक्सा स्क्यान सेवा सञ्चालनमा आएको छ।

डा. गुप्ताले इकोकार्डियोग्राफी भनेको सामान्यतया ‘इको’ भनेर बुझिन्थ्यो तर यो अल्ट्रासाउन्ड प्रविधिबाट मुटुको संरचना, भल्भ तथा रक्तसञ्चारको अवस्थालाई वास्तविक समयमा मूल्याङ्कन गर्ने सुरक्षित विधि हो।

इको परीक्षणबाट मुटुका कोठाहरूको कार्यक्षमता, भल्भमा देखिन सक्ने समस्या तथा पम्पिङ क्षमताबारे विस्तृत जानकारी प्राप्त हुने भएकाले मुटु सम्बन्धी रोगको पहिचान, उपचार र औषधि व्यवस्थापनमा यो अत्यन्त उपयोगी हुने डा. गुप्ताले बताए।

त्यसैगरी डेक्सा स्क्यान हड्डीको बोन मिनरल डेन्सिटी (बीएमडी) मापन गर्ने अत्याधुनिक परीक्षण हो। यसले ओस्टियोपोरोसिसजस्ता हड्डी कमजोर हुने अवस्थाको प्रारम्भिक पहिचान, भविष्यमा फ्र्याक्चरको जोखिम मूल्याङ्कन तथा हड्डी स्वास्थ्यको निरन्तर निगरानी गर्न सहयोग पुर्‍याउने डा. गुप्ताले जानकारी दिनुभयो।

यी सेवाहरू सञ्चालनमा आएसँगै मुटु, हड्डी तथा आँखासम्बन्धी रोगको छिटो, गुणस्तरीय र भरपर्दो परीक्षण तथा उपचार स्थानीय तहमै सम्भव भएको छ। उनले भने,अब बिरामीहरूलाई सामान्य परीक्षणका लागि ठूला सहर धाउनुपर्ने आवश्यकता कम हुनेछ।

डा. गुप्ताका अनुसार यसले समय, खर्च र झन्झट घटाउनुका साथै स्वास्थ्य सेवामा पहुँच बढाउने अपेक्षा गरिएको छ।

डा. गुप्ताले आफ्नो कार्यकाल (वि.सं. २०८०) मा अस्पतालले उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्दै थपे, यस अवधिमा एन्डोस्कोपी सेवा, हेमोडायलाइसिस सेवा तथा एसएनसीयू सञ्चालनमा ल्याएका थियौं। साथै आठ शय्याको आईसीयू र तीनवटा भेन्टिलेटरसहितको सेवा पनि सुरु गरिएको छ।

डा. गुप्ताका अनुसार प्रादेशिक अस्पताल कलैयामा एन्डोस्कोपी सेवा पहिलो पटक सुरु गरिएको हो भने हाल यहाँ एन्डोस्कोपिक हस्तक्षेप सेवा समेत उपलब्ध छ।उनले इन्डोस्कोपिक भेरिसियल ब्यान्ड लिगेसनजस्ता जटिल उपचार सेवाबाट स्थानीय मात्र नभई सीमावर्ती क्षेत्रका बिरामीहरू समेत प्रत्यक्ष लाभान्वित भएको बताए।

fb img 17672052739426196951694108219216
opd
barakalaiya8551319174590288348
Kalaiya
Tags: Dr Arun Kumar GuptaKalaiya pradeshik hospital
SummarizeShare237ScanTweet148

Related articles

बाबु-छोरा नै जटिल रोगबाट बिरामी परेपछि स्थानीयले थाले सहयोग

बाबु-छोरा नै जटिल रोगबाट बिरामी परेपछि स्थानीयले थाले सहयोग

by Nam Raj Bhatta
May 14, 2026
0

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुबा-छोरा नै जटिल रोग लागेपछि स्थानीयले उपचारका लागि चन्दा सङ्कलन गर्न थालेका छन् । शुक्लाफाँटा नगरपालिका १ बन्साहका ४२ वर्षीय महेन्द्र राना दुवै मिर्गाैला खराब...

नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा इन्द्रराज गैरे चयन

नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा इन्द्रराज गैरे चयन

by Nam Raj Bhatta
May 13, 2026
0

नेपाल औषधि व्यवसायी संघको २१औं साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । अधिवेशनबाट अध्यक्षमा इन्द्रराज गैरे चयन भएका छन् । त्यसैगरी निवर्तमान...

नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दीपेन्द्र पाण्डे

नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दीपेन्द्र पाण्डे

by Nam Raj Bhatta
May 13, 2026
0

नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्टारमा वरिष्ठ अर्थोपेडिक सर्जन डा. दीपेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ । मंगलबार स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका काउन्सिलको निमित्त रजिष्ट्रारको...

सेवाभाव, समर्पण र गुणस्तरीय स्वास्थ्य सेवाको उदाहरण : गंगालाल अस्पताल प्रति नर्स प्रार्थना दाहालको अनुभव

सेवाभाव, समर्पण र गुणस्तरीय स्वास्थ्य सेवाको उदाहरण : गंगालाल अस्पताल प्रति नर्स प्रार्थना दाहालको अनुभव

by Nam Raj Bhatta
May 12, 2026
0

  मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवा क्षेत्र अत्यन्त संवेदनशील, जिम्मेवार र चुनौतीपूर्ण मानिन्छ। यही क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्सहरू दिनरात बिरामीको सेवामा खटिएर स्वास्थ्य प्रणालीलाई निरन्तर चलायमान...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    712 shares
    Share 285 Tweet 178
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    630 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    680 shares
    Share 303 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    619 shares
    Share 248 Tweet 155

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बाबु-छोरा नै जटिल रोगबाट बिरामी परेपछि स्थानीयले थाले सहयोग
  • नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा इन्द्रराज गैरे चयन
  • नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दीपेन्द्र पाण्डे
  • सेवाभाव, समर्पण र गुणस्तरीय स्वास्थ्य सेवाको उदाहरण : गंगालाल अस्पताल प्रति नर्स प्रार्थना दाहालको अनुभव
  • ॐ हस्पिटलमा बिबिध कार्यक्रम सहित इन्टरन्यासनल नर्सेस डे २०२६ मनाइयो

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.