महेन्द्रनगर , १० चैत्र २०७७
सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा औलो तथा कालाजार रोग निवारणको लागि प्रयोग हुने बिषादी छिड्काव सम्बन्धि स्वास्थ्यकर्मीहरुको लागि दुइ दिने अभिमुखीकरण कार्यक्रम होटल ओपेरा महेन्द्रनगरमा सम्पन्न भएको छ ।
कंचनपुर , कैलाली र डडेल्धुरा का २० वटा पालिका बाट २१ जना स्वास्थ्य प्राबिधिक हरु सहभागी रहेको उक्त अभिमुखीकरण कार्यक्रममा हाल नेपालमा औलो तथा कालाजार रोग निवारणको लागि प्रयोग हुने Synthetic pyrethroid समुहको बिषादी छिड्काव सम्बन्धि बिषय बस्तु समेटेर तालिम प्रदान गरेको कुरा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताउनु भएको छ ।

कार्यक्रम समापन समारोहमा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी ज्यु ले किटनाशक बिषादी छिड्कावको काम स्वास्थ्य क्षेत्रमा सन् १९६० को दशक देखि शुरु भएको , तत्कालिन औलो उन्मुलन कार्यक्रमले देशव्यापी रुपमा बिषादी छड़किने गरेको भएपनि सन् २००० को दशक यता भने केहि सिमित स्थानमा मात्र बिषादी छिड्कावको काम भैरहेको र त्यो पनि तालिम प्राप्त जनशक्तिको अभावमा बिषादीको छिड्कावको काम गुणस्तरीय बन्न नसकेको हुनाले अहिले स्वास्थ्य निर्देशनालय राजपुर डोटीले बिषादी सम्बन्धि बिज्ञ व्यक्तिको सहयोगमा संचालन गरेको यस तालिमले पालिका स्तरमा आउदा दिनहरुमा किटनाशक बिषादी छिड्काव को कामको योजना बनाउन , कार्यन्वयन गर्न र कार्यक्रमको अनुगमन र मुल्यांकन गर्न समेत सहयोगी हुने कुराको जिकिर गर्नु भएको छ । साथै उँहाले प्रदेशलाइ नमुना स्वास्थ्य प्रदेश बनाउने अभियानमा आफु लागेको हुनाले सबै तहका सरकार , स्वास्थ्यकर्मी र अन्य सरोकार वाला निकायको सहयोग अपरिहार्य रहेको कुरा समेत दोहर्याउनु भएको छ ।
कार्यक्रममा कृषि बिज्ञ तथा बिषादीका जानकार बिर बहादुर चन्द , इन्टोमोलोजिस्ट प्रभा आले मगर , भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशी र औलो निरीक्षक शिद्ध राज भट्टले सहजीकरण गर्नु भएको छ ।
Comments 1