कैलाली, २८ श्रावण २०७७
सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालका आईसोलेसनमा ७६ जना कोरोना संक्रमितको उपचार भईरहेको छ।
प्रदेशको कोरोना विशेष सेती प्रादेशिक अस्पताल सहितका अस्पतालले स्थापना गरेका आईसोलेसनमा ७६ जना लक्षण सहितका कोरोना संक्रमितको उपचार भईरहेको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयले डोटीले कैलालीमा ३९ सहित विभिन्न अस्पतालका आईसोलेसनमा ७६ जनाको उपचार भईरहेको जनाएको छ। सबैभन्दा बढि कैलालीको टीकापुर अस्पतालको आईसोलेसनमा ३४ जना संक्रमितको उपचार भईरहेको छ।
कञ्चनपुरको महाकाली अस्पतालमा २५,जिल्ला अस्पताल अछाममा १०, सेती प्रादेशिक अस्पतालमा तीन, जिल्ला अस्पताल डोटीमा दुई र मालाखेती अस्पतालमा दुईजनाको उपचार भईरहेको छ।
यस्तै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका थप १४ जना पनि आईसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बयलपाटा अस्पतालमा ६, जिल्ला अस्पताल डोटीमा तीन, गोकुशलेश्वर अस्पतालमा दुई, सुदूरपश्चिम प्रदेश अस्पताल, जोगबुढा र जिल्ला अस्पताल अछाममा एक÷एकजना शंकास्पद विरामी रहेका छन्।