महोत्तरी, १२ माघ २०७८
जलेश्वर अस्पताल महोत्तरीका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिस साहलाई सीके राउतको जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका छन्।
किसान आन्दोलनको नाममा केही दिनदेखि मधेसमा प्रदर्शन गरिरहेका राउत समूहका कार्यकर्ताले जनकपुरमा डाक्टरमाथि आक्रमण गरेका हुन् ।
डा. साह माथि जनकपुरको पीडारी चोकमा आक्रमण भएको हो । मेसु साह प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै हुनुहुन्थ्यो ।
आक्रमणमा परी घाइते हुनुभएका मेसु डा. साहको मुखमा ८ वटा टाँका लगाइएको छ ।