जाजरकोट, १८ कात्तिक २०८०
मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा सडक तथा टेलिफोन सेवा अवरुद्ध हुँदा उद्वारमा समस्या भएको छ।
भूकम्पमा परी जाजरकाेटमा र रुकुम पश्चिममा गरि १३२ जनाकाे मृत्यु भएकाे छ भने सयौं भन्दा बढी घाइते भएका छन् ।
जाजरकाेटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्ती भूकम्पका कारण ठाउँ-ठाउँमा सडक अवरुद्ध भएको छ। त्यस्तै, टेलिफाेनले समेत काम गरेकाे छैन्। जसका कारण घाइतेकाे उद्धारमा कठिनाई भएको छ।
भुकम्पपीडित क्षेत्रमा विभिन्न अस्पतालहरुबाट औषधि उपचारको लागि पचासौं भन्दा बढी चिकित्सक उद्वार क्षेत्रमा पुग्नुभएको छ।