काठमाडौं, २१ भाद्र २०८०
बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले आफ्नो २८ वर्ष पार गरेर २९ औं वर्षमा प्रवेश गरेको छ।
१५ बेडबाट सुरु भएको यस अस्पतालले अहिले आफनो सेवा र क्षेत्र विस्तार गर्दै एक सय बेडको सुविधासम्पन्न अस्पताल बनाउन सफल भएको अस्पतालका निर्देशक प्राडा. रामनन्दन प्रसाद चौधरीले बताउनुभयो।
डा. चौधरीले आजको कार्यक्रमबाट आफ्ना कर्मचारीलाई काम र साथले नै यहाँ सम्म पुगेको भन्दै धन्याबाद व्यक्त गरेका थिए ।
उनले भने, अहिले आफ्नो अस्पताल आफनै सुविधा सम्पन्न अस्पतालमा सरेर समय सापेक्ष सुविधाहरु तथा क्षमता वृद्धि गर्दै बालरोग, बाल सर्जरी, बाल युरोलोजी, बाल कार्डियोलोजी, बाल नेफ्रोलाजी लगायत महिला तथा वयस्कका अन्य विशेषज्ञ सेवाहरु विस्तार गर्दै लगेको बताए।
अस्पतालले वर्षेनी ७ सयभन्दा बढी बालबालिकाको जटिल किसिमका शल्यक्रिया गर्दै आएको पनि डा. चौधरीले जानकारी दिए।
नवजात शिशु तथा बाल शल्य तथा बाल यूरोलोजी चिकित्सकको क्षेत्रमा ख्याती कमाउन यस अस्पताल सफल भएको छ। अस्पतालले चाँडै नै बच्चाहरुको बोनम्यारो प्रत्यारोपण गर्ने तयारी गरेको छ।
स्व.डा. नारायण बहादुर थापाको सम्झनामा “डा. नारायण बहादुर थापा अवड” बितरण गरिएको थियो । साथै अस्पतालमा रहेका वाडका बालबालिका बीच ड्रॉइंग कॉम्पिटिशन गराई पुरस्कार बितरण तथा विभिन सांगीतिक कार्यक्रम गरि आफ्नो २८ औं वार्षिकोत्सव कार्यक्रम सम्पन गरेको छ।