काठमाडौं, १४ साउन २०८०
हालै छिमेकी देश भारतमा भएको एक घटनाले यसको चरम पराकाष्ठा देखाएको छ । भारतमा एक दम्पतीले आईफोन किन्न आफ्नै आठ महिने छाेरा बेचेको खुलेको छ ।
द इन्डियन एक्सप्रेसका अनुसार भारतको पश्चिम बंगालको नर्थ ट्वान्टीफोर परगना जिल्लामा यो घटना भएको हो । त्यहाँका एक निम्न आयस्रोत भएका दम्पतीले आईफोन १४ किनेर यात्रा गर्न र त्यसको इन्स्टाग्राम रिल्सहरू बनाउन त्यसो गरेको बताइएको छ ।
धेरै दिनसम्म बच्चा नदेखिएकाे र दम्पतीले त्यसबारे चिन्ता नलिएकाे पाइएपछि शङ्का लागेर छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए । उक्त घटनामा संलग्न बच्चाको आमा र बच्चा किन्ने प्रियंका घोष पक्राउ परिसकेका छन् भने बच्चाकाे उद्धार गरिएको छ ।
प्रहरीका अनुसार शिशुका बाबु अहिले फरार छन् । पक्राउ परेकी शिशुकी आमाले बच्चा बेचेर कमाएको पैसा दिघा, मन्दरमोनी जस्ता ठाउँ घुम्न खर्च गरेको स्वीकार गरेकी छन् । अनुसन्धानको क्रममा बुबा घोषले अर्की सात वर्षीय बच्चालाई पनि बेच्न खोजेको, तर योजना पूरा नभएको खुलेको छ । -एजेन्सी