ईन्टरनेशनल ईनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा सन् २०२६/२०२७ को लागि डा. श्रृष्टी श्रेष्ठ प्रजापति चयन हुनुभएको छ।
सन् १९२५ मा बेलायतको म्यान्चेस्टरबाट सुरु भएको यस ईनर ह्विल हाल विश्वभर १०० वटा भन्दा बढी राष्ट्रमा फैलिएको छ। नेपालमा ईनर ह्विल डिस्ट्रिक्ट ३५० अन्तर्गत ४४ वटा ईनर ह्विल क्लबहरू रहेको छ।
यो महिलाहरूको विश्वमा सबैभन्दा ठूलो सामाजिक संस्था हो। संस्थाको उद्देश्य महिला सशक्तिकरण, आपसी मित्रता र सामाजिक सेवा हो।
डा. श्रृष्टी श्रेष्ठ प्रजापति सन् २०१६ मा ईनर ह्विल क्लब अफ मध्यपुरको संस्थापक अध्यक्ष हुँदै हाल ईनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा चयन हुनुभएको हो।
डा. प्रजापति स्त्री क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ र हाल उहाँ भक्तपुर क्यान्सर अस्पताल तथा बिएण्डबी अस्पतालमा कार्यरत हुनुहुन्छ।






