महेन्द्रनगर, ०५ चैत्र २०७७
सुदुरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर् डोटीको आयोजनामा स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवाला निकायहरुको लागि दुइ दिने अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली २००५ सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ ।
विश्व स्वास्थ्य संगठनको अगुवाईमा सन् २००५ मा अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली २००५ तर्जुमा गरिएको हो । यस नियमावलीले खाद्य सुरक्षा , पानीको स्वच्छता र सरसफाई , हवाई सुरक्षा ,सडक सुरक्षा , रासायनिक सुरक्षा , विकिरण सुरक्षा , महामारी रोग नियन्त्रण , जुनोसिस आदि बिषय बस्तु समेट्ने गर्दछ । यिनै बिषय बस्तुमा केन्द्रित रहेर स्वास्थ्य निर्देशनालय राजपुर डोटीले उक्त विषयका बिज्ञ व्यक्तिहरु संग समन्वय गरि दुइ दिने तालिम महेन्द्रनगरको होटल ओपेरामा सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रदेशका नौ वटा जिल्लाका स्वास्थ्य कार्यालय , बिभिन्न पालिकाबाट स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु , बिभिन्न अस्पतालका प्रतिनिधि , पशु क्वारेन्टाइन, खाद्य क्वारेन्टाइन, पशु स्वास्थ्य , कृषि ज्ञान केन्द्र , अद्यागमन कार्यालय लगायतका निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका फिल्ड मेडिकल अफिसर डा. सुनिल थापा , खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढ़िका डिभिजनल इन्जिनियर मोहन कुँवर , नागारिक उड्डयन कार्यालय धनगढ़ीका बरिष्ठ अधिकृत बिध्या शाह , खाध्य तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहाल , ट्राफिक प्रहरी निरीक्षक केशव राज भट्ट , कृषि बिज्ञ बिर बहादुर चन्द , रेडियोलोजिस्ट डा. बिपिन अधिकारी , र पशु स्वास्थ्य अधिकृत पुस्कर राज नाथ लगायतले सेसनहरु सहजीकरण गर्नु भएको छ ।