२०७७ वैशाख ९ गते
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच सय ९० पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १८ हजार ६ सय एक पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४७ जनाको यो भाइरसको कारण मृत्यु भएको हो । साथै, एक हजार तीन सयभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् ।अहिलेसम्म भारतमा तीन हजार दुई सय ५२ संक्रमित निको भइसकेका छन् ।