काठमाडौं ,२८ वैशाख
कोरोना भाइरस (कोभिड-१९) बाट भारतमा मृत्यु हुनेको संख्या दुई हजार १०९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा संक्रमित हुनेको संख्या पनि ६२ हजार ९३९ पुगेको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी २० हजार २२८ जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म ७७९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । भारतमा कोरोना संक्रमणको लडाइँ जितेर घर फर्किनेको संख्या १९ हजार ३ सय ५९ पुगेको छ।