वैशाख २५ ,काठमाडौं
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म संक्रमित हुनेको संख्या ५३ हजार एक सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन हजार पाँच सय ६१ नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ७ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ९१ जनाको मृत्यु भएको हो । अघिल्लो दिन मृत्यु हुनेको संख्या एक सय २६ थियो । भारतमा मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ।