काठमाडौं, १२ फागुन २०७९
गिजा रोग तथा दन्त प्रत्यारोपण संगठनको अध्यक्षमा डा. मनोज हुमागाईं निर्विरोध निर्वाचित भएका छन्।
आज राजधानीमा भएको दुई दिने विशेषज्ञ चिकित्सकहरुको कार्यशाला गोष्ठी र गिजा रोग तथा दन्त प्रत्यारोपण संगठनको आठौं साधारण सभाबाट डा. हुमागाईं चयन भएका हुन्।
संगठनको उपाध्यक्षमा डा. अमिना प्रधान, महासचिवमा डा. जुनिमा राजकर्णिकार, कोषाध्यक्षमा डा. सुजया गुप्ता निर्वाचित भएका छन्।
त्यस्तैगरी सदस्यहरुमा डा. भागवत भट्टराई, डा. खुस्बु गोयल, डा. स्वेता राज्यलक्ष्मी राना, डा. सगुन रेग्मी र डा. अर्जुन हरि रिजाल चयन भएका छन्।
यो गिजा रोग तथा दन्त प्रत्यारोपण गर्ने देशभरिका चिकित्सकको छाता संगठन हो। यसभन्दा पहिलेको कार्यकालमा डा. समिर अर्याल संगठनको अध्यक्ष हुनुहुन्थ्यो। यो सोसाइटीको कार्यकाल २ वर्षको हुन्छ।