आज मिति : २०८२ कार्तिक २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

बिरामीको आफन्त माथि यौन दुर्व्यवहार गर्ने डाक्टर पक्राउ

Nam Raj Bhatta by Nam Raj Bhatta
March 27, 2021
in News
A A
0
छात्रबृत्तिमा अध्ययन गरेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा हाजिर हुन निर्देशन #SchoolarshipDoctor
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

सप्तरी , १४ चैत्र २०७७

शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ ।

उपचारका बहानामा यौन दुर्व्यहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा. राजन जैसवाललाई निलम्बन परेका छन्।

अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुर्व्यहार गरेको आरोपमा डा. जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

तिलाठी कोइलाडी गाउँपालिकाकी एक महिला अस्पतालमा दुई दिनअघि सुत्केरी भएकी नन्दलाई भेट्न आएकी थिइन् । नन्दकी छोरीको स्वास्थ्य जाँच गराउन डा. जयसवालको कार्यकक्षमा जाँदा यौन दुर्व्यवहार गरेको थिए।

‘मसँगै आएका श्रीमानलाई औषधी लिन बाहिर पठाएर चिकित्सक जयसवालले भित्री वस्त्र खोल्न लगाएर यौन दुर्व्यवहार गरे। मैले चिच्याएपछि अरु मानिसहरु पनि आए, ‘उनले भनिन्।

अस्पतालले समेत तत्कालै डा. जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एकपटक भेट्नु भनेर डा. जैसवालले भनेअनुसार पुगेकी महिलाले बालिका जाँच्ने बहानामा आफ्नो पेट सुम्सुम्याएको, संवेदनशील अङ्ग छुनुका साथै चलाएको र अन्तमा ब्लाउजको टाँक नै खोलेर अश्लिल क्रियाकलाप गर्न लागेपछि प्रतिकार गरेको बताइन ।

डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औषधि लेखेर डा.जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर केबिनभित्र अश्लिल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताए ।

डा. जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताए ।

पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताएका छन् । रासस

Tags: Chhinamasta hospital RajbirajCorona Virus #Covid19Dr.Rajan jayswalSexual
Nisarga hospital Dhangadhi
Previous Post

कैलालीमा आठलाख बढीलाई हात्तीपाईले बिरुद्धको औषधि खुवाइने

Next Post

बायु प्रदूषणले रुघाखोकी र स्वासप्रस्वासको संख्या बढ्यो

Related articles

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त
News

अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत

2 days ago
791
रेडियोलोजिस्टहरूले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवससँगै पहिलो फिटल इमेजिङ समिट मनाए
News

रेडियोलोजिस्टहरूले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवससँगै पहिलो फिटल इमेजिङ समिट मनाए

4 days ago
806
सेती अस्पतालको रेडियोलोजी बिभागले मनायो विश्व रेडियोलोजी दिवस
News

सेती अस्पतालको रेडियोलोजी बिभागले मनायो विश्व रेडियोलोजी दिवस

4 days ago
812
बर्दिया अस्पताल प्रदेश स्तरीय मूल्याङ्कनमा लगातार तेस्रोपटक उत्कृष्ट स्थानमा
News

बर्दिया अस्पताल प्रदेश स्तरीय मूल्याङ्कनमा लगातार तेस्रोपटक उत्कृष्ट स्थानमा

5 days ago
792
प्रश्नपत्र बाहिरिएका उपप्रध्यापकलाई लोक सेवा मार्फत स्थायीमा सिफारिस गरी पुरस्कार
News

प्रश्नपत्र बाहिरिएका उपप्रध्यापकलाई लोक सेवा मार्फत स्थायीमा सिफारिस गरी पुरस्कार

6 days ago
1.1k
पिसिएल नर्सिङ काउन्सिलको परीक्षामा १७.४४ प्रतिशत उत्तीर्ण
News

पिसिएल नर्सिङ काउन्सिलको परीक्षामा १७.४४ प्रतिशत उत्तीर्ण

7 days ago
782
Next Post
बायु प्रदूषणले रुघाखोकी र स्वासप्रस्वासको संख्या बढ्यो

बायु प्रदूषणले रुघाखोकी र स्वासप्रस्वासको संख्या बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,295)
  • Nutrition (42)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.