काठमाडौं , ७ साउन
पछिल्लो २४ घन्टामा नेपालमा थप १०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा संक्रमितको संख्या १० हजार ९४ जना पुगेको छ।
मंगलबार थप २०४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ६ सय ८४ जना उपचारपछि निको भएका छन्।