✍️ डा.दिपेन्द्र कार्की मधुमेह ,थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ बि.एण्ड बि अस्पताल बैैैशाख ,२०७७
अहिले संसार नै कोभिड-१९ को महामारीबाट पीडित भइरहेको छ।यो कोभिड-१९ को महामारीमा सबैभन्दा बढी जोखिम बृद्ध-बृद्दा र दिर्घ रोगीहरुलाई रहेको छ। कोरोना अति सन्क्रमित मुलुकहरुको आँकडा हेर्दा पनि त्यो प्रष्ट हुन्छ कि सबैभन्दा बढी कोभिड-१९ को जटिलता र मृत्युदर बृद्धबृद्दा र दिर्घ रोगीहरुमा देखिएको छ। त्यसैले बृद्धबृद्दा र दीर्घ रोगीहरुलाई यस महामारीमा बिशेष ध्यान दिनुपर्छ।
बृद्ध बृद्दा र दिर्घरोगीहरुका लागि निम्न सुझाबहरु पालना गर्नुपर्दछ।
१) आफ्नो रोग सम्बन्धि औषधिहरु नियमित प्रयोग गर्ने र आफुलाई पुग्ने गरि राख्ने
२) यो रोग सम्बन्धि केही समस्या आएमा आफुले नियमित देखाइरहेको चिकित्सक संघ सरसल्लाह लिने वा बढी अफ्ठ्यारो भएमा अस्पतालमै गएर चेक गराउने
३) सामाजिक दुरी कायम राख्ने ,सकेसम्म घरमै बसिरहने ,अति आवश्यक काम नपरे घरबाट बाहिर ननिस्कने
४) घरबाट निस्कने जरुरी परेमा अनिवार्य मास्कको प्रयोग गर्ने
५) घरमै बस्दा पनि अरुलाई रुघाखोकी लागेमा दुरी कायम गर्ने
६) घरमा समानहरु पनि व्यक्तिगत प्रयोग गर्ने
७) नियमित साबुनपानीले मिचिमिची हात पखाल्ने
८) कुनै बस्तु छोएमा तुरुन्तै स्यानिटाजरको प्रयोग गर्ने
९) घरमै बस्दा पनिबभिडभाड भएर नबस्ने
१०) घरभित्रै भएपनी नियमित ब्यायामअथवा योग गर्ने
११) घरमा बस्दा बस्दा मन खिन्न हुन सक्ने भएकोले आफ्ना इस्ट्रमित्रहरु संघ नियमित सम्पर्क गरिराख्ने जस्तै फोन ,भाइवर र अन्य माध्यमबाट भएपनी तनाब कम गर्नका लागि र मानसिक संतुलन कायम रहिरहनको लागि नियमित सम्पर्कमा रहनुपर्दछ।