काठमाडौं बैशाख ४,२०७७
विश्वरभ कोरोनाबाट संक्रमितहरुको संख्या २१ लाखको हाराहारीमा पुगेको छ । आज बिहीवार १२ बजेको तथ्याँकअनुसार विश्वभर २० लाख ८५ हजार ३१ जना कोरोनाबाट संक्रमित भएका छन् । त्यस्तै संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ८ सय ९२ पुगेको छ ।
बुधबार सबैभन्दा बढी अमेरिकामा १५ सय ३९ जनाको मृत्यु भएको छ भने फ्रान्समा १४ सय ३८ जनाको मृत्यु भएको छ ।त्यस्तै इटालीमा ५ सय ७८, स्पेनमा ३ सय २४ जनाको मृत्यु भएको छ ।
अमेरिकामा संक्रमित हुनेहरुको संख्या ६ लाख २२ हजार ९ सय २३ पुगेको छ भने फ्रान्समा संक्रमित हुनेको संख्या १ लाख ४७ हजार ८ सय ६३ पुगेको छ । त्यस्तै इटालीमा १ लाख ६५ हजार १ सय ५५ जना संक्रमित भएका छन् भने स्पेनमा १ लाख ७७ हजार ६ सय ३३ जना संक्रमित भएका छन् ।त्यस्तै बुधबार बेलायतमा ७ सय ६१ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेहरुको संख्या ९८ हजार ४ सय ७६ पुगेको छ । अहिले सम्म अमेरिकामा ३०,५८६, फ्रान्समा १७, १६७, इटालीमा २१,६४५, स्पेनमा १८,५७९ र बेलायतमा १२,८६८ जनाको मृत्यु भएको वल्ड्रोमिटरले जानकारी दिएको छ ।