काठमाडौँ, ३ जेठ २०८०
सरकारले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. सञ्जय ठाकुरलाई नियुक्त गरेको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. ठाकुरलाई केन्द्रको निर्देशकमा नियुक्त गर्नुभएको हो।
डा. ठाकुरलाई वीर अस्पतालबाट राष्ट्रिय एड्स तथा याैनराेग नियन्त्रण केन्द्रको निर्देशकमा सरुवा गरिएको हो ।
राष्ट्रिय एड्स तथा याैनराेग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटा कोशी प्रदेशको स्वास्थ्य सचिव भएर गएपछि उक्त ठाउँ खाली भएको थियो । खाली ठाउँमा डा. ठाकुर गएका हुन्।