काठमाडौं, १० पौष २०७७
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन्
स्वास्थ्यमा हृदयेशी त्रिपाठी आएका छन भने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पहिला त्रिपाठीले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने शुक्रबार मात्र मन्त्री बनेका गणेश ठगुन्ना आएका छन् ।
आज सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका उनले केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् ।

यस्तै कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भूमि व्यवस्थामा रहेकी पद्मा अर्याललाई कृषि तथा पशुपंक्षी विकास मन्त्री बनाइएको छ ।
यसअघि महिला बालबालिका. तथा ज्येष्ठ नागरिक मन्त्री रहेका लीलानाथ श्रेष्ठलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।