धनगढी, ३० असार २०७९
सुदूरपश्चिम प्रदेशकै रिफल सेन्टरको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा मृगौला फेल भएका बिरामीको निम्ति भनेर डायलासिस सेवा सुरु गरेको करिब ५ वर्ष भइसकेको छ। मृगौला फेल (CKD) भएका बिरामीहरुलाई सरकारले नै नि:शुल्क डायलासिस सेवा प्रदान गर्दै आइरहेको छ । तर पनि सुदुरपश्चिमका मृगौला रोग सङ लड्दै गरेका बिरामीले डायलासिस गर्नु पर्व अनिवार्य रुपमा गर्नु पर्ने सर्जरी जसले रक्तनलीमा डायलासिस गर्दा जडान गर्ने ठाउँ अर्थात एभि फिस्टुला बनाउने सर्जरीका निम्ति भने बिरामीहरु काठमाण्डौ र भारतका विभिन्न ठाउमा जानू पर्ने बाध्यता रहिआएको थियो ।
मृगौला फेल भएर डायलासिस गर्न पर्ने बिरामीहरुले फिस्टुला बनाउनकै लागि मात्र काठमाडौं गाएर महिनौ पालो कुर्नुपर्ने बाध्यता थियो । सेती प्रादेशीक अस्पतालमा छात्रवृत्ति करारमा सर्जरी विभागमा डा. विकाश मण्डल आएपछी बिरामीले यो फिस्टुला बनाउने अपरेशनका निम्ति काठमाण्डौ गइरहेको सुनेर आश्चर्यचकित हुनुभएको छ । अनि अस्पताल प्रशासन सँग यसका निम्ति आवश्यक सामग्री उपलब्ध गराइदिए उक्त सेवा अस्पतालमा विस्तार गर्न सकिने र यसबाट धेरै मृगौला रोगी लाभान्वित हुने कुरा बारम्बार राख्नुभयो तर अपरेशनका निम्ति आवश्यक सामग्री उपलब्ध गराउन नै अस्पतालले ३/४ महिना लगायो । निरन्तरको प्रयासपछि बल्ल अस्पतालमा उक्त अपरेशको सामग्री आएपछि हाल सम्म ५ जना बिरामिको सफल अपरेशन भएर नियमित डायलासिस गराइरहेका छन ।
अब भने मृगौला फेल भएका बिरामीले डायलासिस गराउन पुर्व गर्नुपर्ने उक्त अपरेशनका निम्ति काठमाडौं र भारतका विभिन्न ठाउँ जानुपर्ने बाध्यता समाप्त भएको डा. बिकाश मण्डलले बताउनुभयो । हाम्रो टिमले अहिले निरन्तर रुपमा यसमा काम गरिरहेको डा. मण्डलले जानकारी दिनुभयो।