काठमाडौं, १५ भाद्र २०७९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा समूहका एघारौँ तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।
स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका कर्मचारीको सरुवा गरेको हो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा डा. सर्बेश शर्मालाई निर्देशकको रुपमा पदस्थापन गरिएको छ । त्यहाँ यसअघि निर्देशक रहेका डा. रुद्र मरासिनीलाई राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट बनाईएको छ । ट्रमामा यसअघि डा. प्रमोद यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो ।
यस्तैगरी, कारागार अस्पतालको निर्देशकमा डा. प्रकाश बुढाथोकीलाई पठाइएको छ। एघारौँ तहमा यसै वर्ष बढुवा भएका उनी वीर अस्पतालमा थिए।
यस्तै डा. राधिका थपलियालाई प्रदेश १ को स्वास्थ्य निर्देशनालयमा निर्देशक बनाएर पठाएको छ । उनी लामो समय देखि जिम्मेवारी विहीन थिईन ।
प्रदेश १ को स्वास्थ्य निर्देशनालयमा यसअघि नारायण ढकाललाई पठाइएको थियो। उनी जान नमानेपछि थपलियालाई पठाइएको हो।
त्यसैगरी, कोशी अस्पतालको मेसुमा लक्ष्मीनारायण यादवलाई जिम्मा दिइएको छ