काठमाडौं, ०१ असार २०७९
स्वास्थ्यकर्मीहरुको स्तरबृद्धिको माग गर्दै स्थानीय तह स्वास्थ्यकर्मी संजालले स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
स्तरवृद्धिका लागि निवेदन पेश गरेका पारामेडिक्स तर्फका कर्मचारीहरु, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अनमी ल्याव, फार्मेसी, डेन्टल एनेस्थेसिया, रेडियोलोजी लगायतका स्वास्थ्यकर्मीहरुको स्तरबृद्धि हुन बाँकी रहेका तथा स्तरवृद्धिमा कैफियत देखिएका पारामेडिक्स तर्फका स्वास्थ्यकर्मीहरुको रित पूर्वक पेश भएका निवेदनहरु माथि आवश्यक प्रक्रिया अगाडि बढाई तुरुन्त
स्तरबृद्धिका नतिजा प्रकाशित गर्न जोडदार माग गरेको छ।
आ.व. २०७७/७८ देखि कै स्तरवृद्धि नहुँदा स्वास्थ्यकर्मीहरु मर्कामा परेका छन। कतिपय स्वास्थ्यकर्मीको स्तरबृद्धि भएतापनि अझै धेरै स्वास्थ्यकर्मीहरुले दर्ता गराएका फाइलहरुको काम हुन सकेकाे छैन। अर्कोतिर यो वर्षको लागी पनि स्वास्थ्य सेवा विभागले अवधि र प्रक्रिया पुगेकाहरुको लागि नयाँ फाइल दर्ता गर्न एक सूचना निकालि स्थानीय तह स्वास्थ्यकर्मी संजालले आव्हान गरेको छ।