काठमाडौँ , २७ श्राबण २०७७
नेपालमा हालसम्म १८३ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १२३ पुरुष र ६० महिला स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण भएको छ।
सबैभन्दा धेरै प्रदेश २ का स्वास्थ्यकर्मी संक्रमित छन्। प्रदेश २ मा ५८ पुरुष र २० महिला गरी ७८ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। त्यसैगरी,सुदूरपश्चिम प्रदेशका १४ पुरुष र १३ महिला गरी २७ जना संक्रमित भएका छन्।
कर्णाली प्रदेशमा १६ पुरुष र ६ महिला गरी २२ जना, गण्डकी प्रदेशमा १४ पुरुष र ६ महिला गरी २० जना र बागमती ८ पुरुष र ८ महिला गरी १६ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ।
प्रदेश ५ मा ६ पुरुष र ६ महिला गरी १२ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सबैभन्दा कम प्रदेश १ मा ७ पुरुष र १ महिला गरी हालसम्म ८ जनालाई कोरोना संक्रमण भएको छ।