काठमाडौं , १२ श्रावण
नेपालमा हालसम्म १ सय ६१ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर देखिएका १८ हजार ७ सय ५२ संक्रमितमध्ये १ सय ६१ जना स्वास्थ्यकर्मीलाई संक्रमण भएको हो।
स्वास्थ्यकर्मीमध्ये सबैभन्दा बढी संक्रमित हुनेमा पारामेडिक्स रहेको महाशाखाले जनाएको छ। मेडिकल अफिसर र सिनियर डाक्टर गरी २३, पारामेडिक्स ४४, ल्याब असिस्टेन्ट, ल्याब टेक्निसियन, ल्याब टेक्नोलोजी गरी २१ जना संक्रमित भएका छन्।
सरसफाइ कर्मचारी, ड्राइभर लगायत अन्य संक्रमित हुनेको संख्या ३० रहेको महाशाखाले जनाएको छ।
नेपालमा पहिलो पटक वैशाख ३० गते स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको थियो। कपिलवस्तुरको तौलिहवा अस्पतालमा कार्यरत एक नर्समा कोरोना भएको मन्त्रालयले पुष्टि गरेको थियो।
त्यसको भोलिपल्टै वैशाख ३१ गते पनि एक नर्समा कोरोना भेटिएको थियो। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत ३६ वर्षीया नर्सलाई कोरोना देखिएको थियो