काठमाडौं, २५ चैत २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चोथो राष्ट्रिय महाधिवेशन सुरु काठमाडौंमा सुरु भएको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।
देशभरबाट महाधिवेशनका लागि ७०० बढी स्वास्थ्यकर्मी काठमाडौं आएको जनाइएको छ ।
महाधिवेशनले एक जना अध्यक्ष, एक महिला सहित ४ उपाध्यक्ष, महासचिव १, उपमहाचिव एक पुरुष / सचिव ८ र कोषाध्यक्ष १ गरि १७ जना पदाधिकारीसहित १५१ सदस्यिय कार्यसमितिको चयन गर्नेछ ।
सात वर्षपछि भएको महाधिवेशनमा पदाधिकारीका लागि आकांक्षी धेरै देखिएका छन् । अध्यक्षमा ४, महासचिवमा ४, उपमहासचिवमा २ जनाले दाबी गरेको र सचिव र कोषाध्यक्षमा छलफल चलिरहेको कार्यसमिति एक सदस्यले जानकारी दिनुभएको छ । यद्यपी सहमतिको प्रयास भइरहेको उहाँले बताउनुभयो ।
हाल संगठनमा करीब २८ हजार स्वास्थ्यकर्मीको आवद्धता रहेको संघको दाबी छ । संघको चिकित्सक, नर्सिङ,स्वास्थ्यकर्मी लगायत ६ वटा विभिन्न विषयगत घटक समितिहरु रहेका छन् । ‘सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीहरुको एकता, आमनागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ नेपाल प्रज्ञा प्रतिष्ठानमा २७ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनबाट ४ वर्षे कार्यकालका लागि १५१ सदस्यिय नयाँ कार्यसमितिको चयन गर्नेछ