कञ्चनपुर, १९ चैत २०७८
अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ सुदुरपश्चिम प्रदेशको महेन्द्रनगरमा प्रथम भेला सम्पन्न भएको छ।
भिमदत्त नगरपालिकाको सभाहलमा प्रगतिशील जनस्वास्थ्यकर्मीका केन्द्रीय अध्यक्ष डा. कृष्ण सागर शर्माको प्रमुख अथितिमा महेन्द्रनगरमा करिब १५० जना स्वास्थ्यकर्मीको उपस्थित रहेको थियो।
उक्त भेलाबाट बलबहादुर रावलको अध्यक्षता कमिटी गठन गरेको छ। उपाध्यक्षमा धोके राना, नरबहादुर टमाटा, सचिवमा गजेन्द्र बहादुर बिष्ट, कोषाध्यक्षमा हिमा ज्ञवाली, सहसचिवमा केबल बुढा लगायत ५१ जना सदस्सीय मनोनयन गरेको केन्द्रीय उपाध्यक्ष तथा भेला संयोजक पङंकज रावलले बताउनुभयो।
कार्यक्रममा संगठन इन्चार्ज कल्पना धमला प्रमुख अतिथि, महासंघका सहअध्यक्ष बामदेव अर्याल, नेकपा माओवादी महेन्द्रनगरका अध्यक्ष हरिराम चौधरी, कञ्चनपुर इन्चार्ज टेकेन्द्र भट्ट, कन्चनपुर अध्यक्ष खेम पाण्डे लगायतको अतिथिको रुपमा सहभागिता रहेको थियो।
उक्त भेला पछि जिल्लागत रुपमा कार्यविभाजन सहित सदस्यता अभियान, संगठन बिस्तार सहित चुनाबी अभियान सफल पार्ने बारे निर्णयहरु गरिएको पङकज रावलले जानकारी दिनुभयो।