सुनसरी, ०७ चैत २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालकाे ऐतिहासिक प्रथम १ नं. प्रदेश अधिवेशन सुनसरिकाे ईटहरीमा सम्पन्न भई रामकुमार धमलाकाे अध्यक्ष्यतामा ६० सदस्यीय प्रदेश कार्य समिति निर्वाचित भएकाे छ ।
उपाध्यक्षमा जगतप्रसाद मगर, खुमा गुरागाई, सचिवमा ओम वहादुर खड्का, काेषाध्यक्षमा पुजा भट्टराई, सहसचिवमा बिमला ओझा र कृष्ण बजगाई निर्विरोध निर्वाचित भएका हुन।
अधिवेशनकाे अध्यक्ष मण्डलले सर्वसहमति नेतृत्व चयन गर्ने प्रयास गरे पनि पदाधिकारीमा पद संख्या भन्दा वढि मनाेनय दर्ता गरे पछि अधिवेशनकाे बन्द सत्र ४ घण्टा लम्बिएकाे थियाे ।
त्सस्तैगरी सदस्यहरुमा क्रमश: रबिनकुमार पाेख्रेल, सीता आचार्य, अशाेक शिवाकोटी, कुमार प्रसाद दाहाल, सुरेस प्रधान, विरेन्द्र भट्टराई, ईन्दिरा आचार्य, नबराज राई, भुपेन्द्र बस्नेत, सविना मगर, किशाेर विष्ट, विशाल राई, महेश थापा, सन्जित रसाइली, सुजित कुमार ओझा, दिव्या श्रेष्ठ, सावित्रा लकाई खड्का, बेचन मंडल, लक्षमीमाया वनेम, प्रसिद्धा पतङ्वा, याेगराज लिम्बू , एविन कुमार लिम्बू, बल प्रसाद राई, नारायण राउत र दिपेश विष्ट निर्विरोध निर्वाचित भएका हुन।
त्यस्तै, सदस्यहरुमा सुर्य श्रेष्ठ, राजेश बिमली, बालकृष्ण गाैतम, बिनाेद बस्नेत, लभि शाक्य, मनिष सुवेदी, निराजन केसी, रामप्रसाद ढकाल, पुष्कर निराैला, सुस्मित मैनाली, धनकुमार राई, ईश्वरी अधिकारी, मित्रमणी वस्नेत र मीन वहादुर शिवाकोटी निर्विराेध निर्वाचित भएकाे संघकाे केन्द्रीय उपाध्यक्ष तुलसी प्रसाद गुरागाईले जानकारी दिए।
त्यस्तैगरी प्रदेशका १४ वटा जिल्ला कार्यसमितिका अध्यक्ष प्रदेशकाे १४ जना प्रदेश सदस्य रहने विधानमा व्यवस्था भएकाे केन्द्रीय महासचिव तथा अधिवेशनका विशिष्ट अतिथि डा. झलक गाैतमले जानकारी दिए। प्रदेश नं. १ का विभिन्न जिल्लाका १५० चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु प्रतिनिधि रहेकाे अधिवेशनमा सहभागी थिए।
अधिवेशनकाे समुद्धघाटन समाराेहमा पुर्व मन्त्री माननीय याेगेश भट्टराई प्रमुख अतिथि रहेका थिए।