काठमाडौं, ६ माघ २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरिनामा खटिरहेका स्वास्थ्यकर्मीलाई पचास प्रतिशत जोखिम भत्ता दिने तयारी गरेको छ।
कोरोना केही दिन अघि देखि देशभर तीव्र गतिमा फैलिएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पचास प्रतिशत जोखिम भत्त दिन तयारी थालिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले भने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न जोखिम भत्ता दिने तयारी गरेका हौँ । ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिएकाले तीन महिनाका लागि आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयसँग माग गरेको छौं।














