काठमाडौं, १९ जेठ २०७८
कोरोनाकाे माहामारी फैलिए सँगै नेपाल सरकारले किभिड- १९ विरुद्धको खोप पहिलाे प्राथमिकतामा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई दिएको भए तापनि स्वास्थ्यकर्मीहरुका घर परिवारका सदस्य हरु भने खोप लिन बाट वञ्चित रहेका छ्न्।
यसैक्रममा थुप्रै स्वास्थ्यकर्मीहरुका घर परिवारका सदस्यहरु संक्रमित भएका छन्। धेरै स्वास्थ्यकर्मीहरु आफ्नो परिवारकाे स्वास्थ्य सुरक्षालाई लिएर चिन्तित भएका छ्न् भने केही स्वास्थ्यकर्मीहरुले घर परिवारका निम्ती काममा जान छोडेका छन्।
त्यसैगरी अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीकाे मनोबल उच्च राख्न र उनीहरूको परिवारकाे स्वास्थ्यकाे जिम्मा पनि सरकारको दायित्व हो भनी भरोसा दिन, स्वास्थ्यकर्मी सँग सँगै उनका परिवारलाई पनि खोपकाे प्रथामिकतामा राख्नुपर्ने
स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ।
यस्तो कोभिडको विषम परिस्थितिमा स्वास्थ्यकर्मीले जोखिम मोल्दैै ज्यानको बाजी राखेर काम गर्दै आइरहेका छन् ।
नेपाल चिकित्सक संघ, सुदुरपश्चिम प्रदेश शाखाका कार्यकारी सदस्य तथा एनेस्थेसिया तथा क्रिटिकल केयर विशेषज्ञ डा. बिरेन्द्र सिंह बुडालका अनुसार कोरोना माहामारीको विकराल अवस्थामा दिनरात बिरामीको उपचार गर्न त छदैछ । ड्युटी सकिएपछि घर फर्किदा अनैकौ मनमा कुराहरु सिर्जना हुँदा तनाव भएको हुन्छ।सङ्क्रमितहरुको उपचारमा खटिनुपर्दा असुरक्षित अवस्थामा भइन्छ । घरमा साना बच्चाहरु देखि लिएर वृद्दाहरु सँग नजिकै जान मनमा डर लागिरहेको हुन्छ।
अन्तमा कोभिड १९ को अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीका घरपरिवारका सदस्यहरुलाई पनि खोप लगाउन अत्यन्त जरुरी रहेको छ।