काठमाडौं, १५ मंसिर २०७७
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुबाट पहिलोपटक पत्रकार सम्मेलन भएको छ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले यस केन्द्रको लक्ष्य तथा उद्देश्य माथि प्रकाश पार्दै गत आर्थिक वर्षमा भएका कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भयो।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा.यदु चन्द्र घिमिरेका अनुसार सातै प्रदेशमा ४९ वटा तालिम साइटहरू मार्फत विभिन्न २८ प्रकारका क्लिनिकल तथा ननक्लिनिकल तालिम साइटहरू रहेको छ। साथै कोभिड १९ सँग सम्बन्धित स्वास्थ्यकर्मीहरुको लागि फोनमा आधारित तालिम आईसीयूमा कार्यरत नर्सहरूको लागि संक्रमण रोकथाम सम्बन्धि तालिमहरु साथै देशका विभिन्न मुख्य अस्पतालहरुमा कार्यरत डाक्टर तथा नर्सहरुको लागि कन्ट्रयाक्ट ट्रेसिङ , Essential critical care तालिमहरु,र २ हजार जना डाक्टर तथा नर्सहरुको लागि तनाब ब्यबस्थापन सम्बन्धी तालिमहरु प्रदान गरिएको साथै उक्त तालिमको लागि आवश्यक तालिम पाठ्यसामग्री तथा निर्देशिकाहरु समेत तयार गरिएको कुरा जानकारी गराउनु भयो।

उनका अनुसार गत आर्थिक वर्ष २०७६\०७७ मा कोभिड १९ को कारण ४७ प्रतिशत मात्र तालिम कार्यक्रमहरु सम्पन्न गर्न सकिएको निर्देशक डा.घिमिरेले बताउनु भयो।
उक्त कार्यक्रमको सञ्चालन राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत थलिन्द्र प्रसाद पंगेनीले गर्नुभएको थियो । उक्त कार्यक्रममा उपत्यकाका स्वास्थ्य पत्रकारहरूको उपस्थिति रहेको थियो।
Comments 1