आज मिति : २०८२ जेष्ठ २१
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

स्वास्थ्य क्षेत्रको गुणस्तरीयता कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्छौं : मन्त्री गिरी

Nam Raj Bhatta by Nam Raj Bhatta
February 16, 2023
in News
A A
0
स्वास्थ्य क्षेत्रको गुणस्तरीयता कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्छौं : मन्त्री गिरी
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ४ फागुन २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालको ठूलो जनशक्ति श्रम बेच्नका लागि विदेश पलायन भइरहेकाले त्यसलाई रोकेर स्वास्थ्य क्षेत्रको गुणस्तरीयता कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।

स्वास्थ्य तथा प्राविधिक शिक्षा लिनकै लागि नेपालका सीमा क्षेत्रबाट ठूलो संख्यामा युवाहरु भारतका विभिन्न सहरमा गइरहेको स्मरण गर्दै मन्त्री गिरीले नेपालका लागि यो चिन्ताको विषय बनेको बताए ।

नेपाल स्वास्थ्य व्यवसायी परिषदको २७ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री गिरीले आफ्नै स्रोत साधनमा पनि डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीलाई गाउँको दुरदराजसम्म पु¥याउन नसक्नु दुःखको कुरा भएको बताए । ‘जनशक्ति उत्पादन गर्ने संस्थाहरुमा विस्तारै नियोजन गरिँदैछ । यो गम्भीर विषय हो । हाम्रो सीमा क्षेत्रमा पारीपट्टी जाने र भारतका विभिन्न शहरमा गएर स्वास्थ्य तथा प्राविधिक शिक्षा लिने नाममा धेरै विद्यार्थी त्यता गइरहेका छन् । ठूलो धनराशी खर्च भइरहेको छ । यो सबैले महशुस गरेको कुरा हो’, उनले भने ।
उनले प्राविधिक जनशक्ति उत्पादनमा ध्यान नदिने तर त्यही शिक्षा लिन युवापुस्ता विदेश जाने, पूँजी पलायन हुने क्रम नरोकिएको बताए । ‘हामी सीप नभएका, दक्षता नभएका जनशक्तिलाई विदेशमा श्रम गर्न पठाउने र श्रम बेच्ने काममा पठाइरहेका छौं’, उनले भने, ‘हामीले यी विषयमा अब बहस गर्नु जरुरी छ । समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने कुराको निचोडमा पुग्नुपर्छ ।’

Padam Giri

उनले परिषदले सीमित कार्यक्षेत्रमा पनि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति निर्माण गर्ने सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘परिषदले लिखित परीक्षासम्म जाने प्रक्रियालाई अगाडि बढाएको छ, यो कामले गुणस्तरीयता कायम गर्न थप सहयोग पुर्याउनेमा म विश्वस्त छु’, उनले भने ।
उनले गुणस्तीय शिक्षा, जनशक्ति उत्पादनका लागि कुन–कुन निकायले के जिम्मेवारी लिनुपर्ने र त्यसमा ऐन बाधक वा साधक के छ भनी खुलस्त बहस हुनुपर्ने औल्याए । ‘यदि ऐन बाधक हो भने ऐन बनिसक्यो भनेर शीर निहुराएर यसको विरोध गर्नुहुँदैन, विपक्षमा बोल्नु हुँदैन भन्ने हुँदैन । परिवर्तित परिस्थितमा ऐनले सम्बोधन गर्न नसकेका थुप्रै वस्तु हुनसक्छ । त्यसमा सशोधन आवश्यक छ भने बोल्न र बहस गर्नुपर्छ । तर म ऐन मान्दिन भन्न पाइँदैन । भएको ऐन मान्नुपर्छ । त्यसमा त्रुटी छ भने संशोधन गरेर समयानुकुल ऐनलाई संशोधन गरेर अगाडि पनि जानुपर्छ’, मन्त्री गिरीले भने ।

उनले आफूले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमा चम्कन लायक काम गर्न आएकाले त्यसमा स्वास्थ्य क्षेत्रको सहयोग र सहकार्यबाट त्यो सम्भव हुने बताए । ‘नेपालको स्वास्थ्य क्षेत्रमा हामीले एउटा युगान्तकारी परिवर्तन ल्याउनुपर्छ र ल्याउनेछौं । होइन भने आम जनतामा अहिलेको प्रणाली र व्यवस्थाप्रति ठूलो वितृष्णा आउनेवाला छ’, उनले भने ।

received 598448405429734

कार्यक्रममा परिषदका पूर्व अध्यक्षहरू भरत झा, प्राडा. शिवकुमार राई, हरिकुमार लम्साल, डा. श्रवणकुमार मिश्र, दिपेन्द्रकुमार झा र रामप्रसाद भण्डारी तथा पूर्व रजिस्ट्रारहरू श्याम भाइ गौतम, राम सागर चौधरी, धनप्रसाद पौडेल, शोभा गौतम, कुम्भराज खाति र काशिनाथ रिमाललाई मन्त्री गिरीले कदर पत्र र दोसल्लासहित सम्मान गरेका थिए ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुस्प राज खनालले गर्नु भएको थियो।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Nepal Health Professional Council
Nisarga hospital Dhangadhi
Previous Post

नेत्रज्योति सङ्घ र सिबिएमबीच सम्झौता, निःशुल्क आँखा तथा कान उपचारमा सहकार्य गर्ने

Next Post

कांग्रेस सांसद डा. भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

Related articles

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

1 day ago
779
विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

2 days ago
780
जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

2 days ago
866
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई ९० दिनको लागि रोजगारीको अवसर

2 days ago
800
नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित
News

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित

3 days ago
836
स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित

3 days ago
824
Next Post
कांग्रेस सांसद डा. भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

कांग्रेस सांसद डा. भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,053)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...