Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्य क्षेत्रको गुणस्तरीयता कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्छौं : मन्त्री गिरी

Nam Raj Bhatta by Nam Raj Bhatta
February 16, 2023
in News
Reading Time: 1 min read
A A
0
स्वास्थ्य क्षेत्रको गुणस्तरीयता कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्छौं : मन्त्री गिरी
598
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ४ फागुन २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालको ठूलो जनशक्ति श्रम बेच्नका लागि विदेश पलायन भइरहेकाले त्यसलाई रोकेर स्वास्थ्य क्षेत्रको गुणस्तरीयता कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।

स्वास्थ्य तथा प्राविधिक शिक्षा लिनकै लागि नेपालका सीमा क्षेत्रबाट ठूलो संख्यामा युवाहरु भारतका विभिन्न सहरमा गइरहेको स्मरण गर्दै मन्त्री गिरीले नेपालका लागि यो चिन्ताको विषय बनेको बताए ।

नेपाल स्वास्थ्य व्यवसायी परिषदको २७ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री गिरीले आफ्नै स्रोत साधनमा पनि डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीलाई गाउँको दुरदराजसम्म पु¥याउन नसक्नु दुःखको कुरा भएको बताए । ‘जनशक्ति उत्पादन गर्ने संस्थाहरुमा विस्तारै नियोजन गरिँदैछ । यो गम्भीर विषय हो । हाम्रो सीमा क्षेत्रमा पारीपट्टी जाने र भारतका विभिन्न शहरमा गएर स्वास्थ्य तथा प्राविधिक शिक्षा लिने नाममा धेरै विद्यार्थी त्यता गइरहेका छन् । ठूलो धनराशी खर्च भइरहेको छ । यो सबैले महशुस गरेको कुरा हो’, उनले भने ।
उनले प्राविधिक जनशक्ति उत्पादनमा ध्यान नदिने तर त्यही शिक्षा लिन युवापुस्ता विदेश जाने, पूँजी पलायन हुने क्रम नरोकिएको बताए । ‘हामी सीप नभएका, दक्षता नभएका जनशक्तिलाई विदेशमा श्रम गर्न पठाउने र श्रम बेच्ने काममा पठाइरहेका छौं’, उनले भने, ‘हामीले यी विषयमा अब बहस गर्नु जरुरी छ । समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने कुराको निचोडमा पुग्नुपर्छ ।’

Padam Giri

उनले परिषदले सीमित कार्यक्षेत्रमा पनि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति निर्माण गर्ने सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘परिषदले लिखित परीक्षासम्म जाने प्रक्रियालाई अगाडि बढाएको छ, यो कामले गुणस्तरीयता कायम गर्न थप सहयोग पुर्याउनेमा म विश्वस्त छु’, उनले भने ।
उनले गुणस्तीय शिक्षा, जनशक्ति उत्पादनका लागि कुन–कुन निकायले के जिम्मेवारी लिनुपर्ने र त्यसमा ऐन बाधक वा साधक के छ भनी खुलस्त बहस हुनुपर्ने औल्याए । ‘यदि ऐन बाधक हो भने ऐन बनिसक्यो भनेर शीर निहुराएर यसको विरोध गर्नुहुँदैन, विपक्षमा बोल्नु हुँदैन भन्ने हुँदैन । परिवर्तित परिस्थितमा ऐनले सम्बोधन गर्न नसकेका थुप्रै वस्तु हुनसक्छ । त्यसमा सशोधन आवश्यक छ भने बोल्न र बहस गर्नुपर्छ । तर म ऐन मान्दिन भन्न पाइँदैन । भएको ऐन मान्नुपर्छ । त्यसमा त्रुटी छ भने संशोधन गरेर समयानुकुल ऐनलाई संशोधन गरेर अगाडि पनि जानुपर्छ’, मन्त्री गिरीले भने ।

उनले आफूले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमा चम्कन लायक काम गर्न आएकाले त्यसमा स्वास्थ्य क्षेत्रको सहयोग र सहकार्यबाट त्यो सम्भव हुने बताए । ‘नेपालको स्वास्थ्य क्षेत्रमा हामीले एउटा युगान्तकारी परिवर्तन ल्याउनुपर्छ र ल्याउनेछौं । होइन भने आम जनतामा अहिलेको प्रणाली र व्यवस्थाप्रति ठूलो वितृष्णा आउनेवाला छ’, उनले भने ।

received 598448405429734

कार्यक्रममा परिषदका पूर्व अध्यक्षहरू भरत झा, प्राडा. शिवकुमार राई, हरिकुमार लम्साल, डा. श्रवणकुमार मिश्र, दिपेन्द्रकुमार झा र रामप्रसाद भण्डारी तथा पूर्व रजिस्ट्रारहरू श्याम भाइ गौतम, राम सागर चौधरी, धनप्रसाद पौडेल, शोभा गौतम, कुम्भराज खाति र काशिनाथ रिमाललाई मन्त्री गिरीले कदर पत्र र दोसल्लासहित सम्मान गरेका थिए ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुस्प राज खनालले गर्नु भएको थियो।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Nepal Health Professional Council
SummarizeShare247ScanTweet146

Related articles

चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

by Nam Raj Bhatta
June 16, 2026
0

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार

by Nam Raj Bhatta
June 16, 2026
0

सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत उपचार लिनेको सङ्ख्या एक हजार २०० नाघेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य...

प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट

प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट

by Nam Raj Bhatta
June 16, 2026
0

धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबीच प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्र...

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न

by Nam Raj Bhatta
June 13, 2026
0

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र (NHTC) को आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को प्राविधिक सहयोगमा नेपाल सशस्त्र प्रहरी बल अस्पताल, काठमाडौं मा सञ्चालित ५ दिने Ambulance Emergency Medical...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    814 shares
    Share 326 Tweet 204
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    688 shares
    Share 275 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    634 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    684 shares
    Share 305 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
  • प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट
  • राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न
  • कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.