काठमाडौं, १५ फागुन २०७८
१४ औं स्वास्थ्य सेवा दिवसको अवसरमा दक्षिणकाली नगरपालिकाको विभिन्न कार्यक्रम गरि मनाएको छ ।
दिवसको अवसरमा दक्षिणकाली नगरपालिका अन्तर्गत चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिबिरको आयोजना गरिएको थियो। जसमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, जनरल फिजिसियन, रेडियोलोजीस्ट सेवा, मुटुरोग विशेषज्ञ सेवा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा र कोभिड १९ विरुद्धको खोप सेवा प्रदान गरिएको छ।
उक्त शिबिर बाट २ सय जनाले स्वास्थ्य लाभको साथै १४० जनाले कोभिड १९ विरुद्धको खोप सेवा लिनुभएको थियो।
उक्त दिवसको अवसरमा नगरपालिका का ९३ जना राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरुलाइ सम्मान पनि गरेको नगरपालिकाका स्वास्थ्य शाखाका सि अ हे ब विष्णु लामिछानेले बताए।
कोभिड १९ नियन्त्रण, उपचार र ब्यवस्थापनमा खटिएर नगरपालिकाले संचालन गरेको कोभिड १० आइशोलेसन वार्डमा सेवा गर्नुहुने प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ३ जना चिकित्सक हरुलाइ सम्मान गरेको लामिछानेले बताए।