काठमाडौं, ३१ वैशाख २०७८
कोरोना महामारीको दोस्रो लहर देशभर तीव्र रुपमा फैलिंदै गएको छ र प्राय जसो अस्पतालहरु कोभिडका बिरामीले भरिएका छन । अस्पतालहरुमा बेडको अभाव भए संगै अधिकांश संक्रमितहरु होम आइसोलेसनमा बस्न बाध्य छन । कतिपय संक्रमितहरुको अक्सिजन तथा गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा मृत्यु भइरहेको छ । यस्तो बिशेष अवस्थामा संक्रमितहरुले विभिन्न किसिमका स्वास्थ्य समस्याहरुको सामना गर्नु परि रहेको छ।
यहि कुरालाई मध्यनगर गरि बिगत आठ वर्ष देखि गैह्र सरकारी क्षेत्रमा कार्यरत संस्था हेल्थ फाउण्डेसन नेपालले स्वास्थ तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाको नेतृत्व तथा समन्वयमा कोभिड -१९ टेलि हेल्थ सेवा सञ्चालनमा ल्याएको छ ।
हेल्थ फाउण्डेसन नेपाल (अमेरिका) का बोर्ड प्रेसिडेन्ट डा.अशोक देवकोटा र डा. आदित्य जोशीको दैनिक सुपरिबेक्षण तथा हेल्थ फाउण्डेसन नेपालका कार्यकारी निर्देशकहरु मदन राज भट्ट (नेपाल) तथा बिनिता अधिकारी (अमेरिका) को नियमित संयोजन तथा सहजिकरणमा करिब ४० जना तालिम प्राप्त डाक्टरहरुले बिहान ६ बजे देखि राती १० बजे सम्म टेली हेल्थ सेवा शुरु गरेका छन । नेपालको हरेक ठाउका नागरिकहरुले आफुलाई श्वास फेर्न गार्हो भएमा, छाती दुखेमा, ज्वरो आएमा, खोकी लागेमा वा अन्य कुनै पनि स्वास्थ्य समस्याहरु देखा परेमा हेल्थ फाउण्डेसन नेपालको सम्पर्क नम्बर ९८८६०४९९१० मा फोन गरि डाक्टरहरुबाट आबस्यक स्वास्थ्य शिक्षा, सूचना तथा सेवा लिन सकिन्छ ।
नेपाल सरकारको स्वास्थ्य नीति तथा योजनालाई सहयोग पुरयाउने उद्देश्यले संचालित स्वास्थ्य परियोजनाहरु हेल्थ फाउण्डेसन नेपाल (अमेरिका) को आर्थिक तथा प्राबिधिक सहयोग तथा हेल्थ फाउण्डेसन नेपाल (नेपाल) को ब्यबस्थापनमा नेपालका चितवन, दाङ तथा अन्य बिभिन्न जिल्लाहरुमा संचालित छन ।
Comments 2