काठमाडौं, १६ वैशाख २०७८
नेपाल सरकारले स्वास्थ्य सेवा तर्फका १५ जनालाई ११औं तहमा बढुवा गरेको छ। मन्त्रिपरिषदको बैठकले १३ जना डाक्टरसहित १५ जनालाई बढुवा गरेको हो।
मन्त्रिपरिषद बैठकबाट बढुवा सूचीमा पर्नुहुनेमा डा. विमल शर्मा चालिसे, डा. राजेश अधिकारी , डा.विनोद शेरचन , डा.प्रकाशप्रसाद शाह, सूर्यबहादुर हमाल ठकुरी, डा. जीतनारायण प्रसाद यादव , डा. केशव पौडेल, डा. हेन्सन खड्का, डा. सुनिलकुमार साह र डा. विनाप्रजापति मानन्धर एघारौँ तहमा बढुवा भएका छन् ।
यस्तैगरी बढुवा हुनेहरुमा डा. सुनिलमणि पोखरेल, डा. रोशन न्यौपाने, डा. पवनजंघ रायमाझी, केशव पण्डित र विजयकुमार झा रहेका छन् ।