काठमाडौं, २४ माघ २०७८
गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. श्रीराम तिवारीलाई जिम्मेवारी दिइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गण्डकी प्रदेश स्वास्थ्य सचिवमा डा. तिवारीलाई जिम्मेवारी दिने निर्णय भएको छ । डा. तिवारी केही दिन अघि मात्रै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा नियुक्त हुनुभएको थियो ।
संघीय स्वास्थ्य मन्त्रालयले यसअघि गण्डकीको स्वास्थ्य सचिवका लागि डा. अनुज भट्टचन लाई सिफारिस गरेको थियो ।