काठमाडौं, २९ चैत २०७८
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विभिन्न ११ विधामा चिकित्सकलाई पुरस्कृत गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलनको उपलक्ष्यमा नेपाल स्वास्थ अनुसनधान परिषद्ले विभिन्न व्यक्तित्वलाई विभिन्न विधामा पुरस्कृत गरेको हो ।
हेल्थ रिसर्च लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रा.डा. मदन प्रसाद उपाध्यायलाई प्रदान गरिएको छ । सबैभन्दा बढी लेख प्रकाशन गर्ने अनुसन्धानकर्तालाई दिइने उत्कृष्ट कृति पुरस्कार डा. गुणराज ढुंगानाले पाउनु भएको छ । हेल्थ रिसर्चर अवार्ड डा. सरुणा घिमिरेले र बेस्ट रिसर्च पेपर अवार्ड पोस्टर प्रिजेन्टेसन तर्फ सोनिया श्रेष्ठ र ओरल प्रिजेन्टेसनतर्फ डा. रभा थापालाई प्रदान गरिएको छ ।
त्यस्तैगरी मिर्गेन्द्र सम्झना मेडिकल ट्रस्ट ओरेन्टेशन अवार्ड डा. रीता थापाले पाउनुभएको छ । मिर्गेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्चर अवार्ड चिकित्सातर्फ डा.अपेक्षा निरौलाले पाउनु भएको छ । यो अवार्ड नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कर्मचारी अनुसन्धान अकिकृत अनिल पौडेलले पाउनु भएको छ ।
वेस्ट इम्प्लोइ अवार्ड स्वास्थ्य अनुसन्धन परिषद्को प्रशासन सहायक अजय कुमार लालले पाउनु भएको छ भने परिषद्को बेस्ट सेक्सन अवार्ड इथिकल रिभ्यू मनिटर इभ्यालुएसन सेक्सनले पाएको छ ।
मंगलबार परिषदले आयोजना गरेको समापन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्याम सुन्दर यादव र अनुसन्धान परिषदका अध्यक्ष डा. गेहनाथ बरालले उक्त पुरस्कार प्रदान गरेका हुन्।