धनगढी, १३ माघ २०७९
धनगढी स्थित प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र र सुदुरपश्चिम प्रदेशको आयोजनामा एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धि प्रदेश ब्यापी कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक बिकास मन्त्रालयका निमित्त प्रदेश सचिव श्री गणेश बहादुर सिंहको प्रमुख आथित्यतामा तथा केन्द्रका प्रमुख हेमराज खड्का ज्यूको अध्यक्षतामा शुरु भएको उक्त कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका विज्ञ चिकित्सक नरेश जोशी र फर्मासिस्ट राम धामीले एएमआर (AMR) सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो। सो कार्यक्रम सुदुरपश्चिमका ९ वटै जिल्लाका लागि गरिने भएको छ।
AMR विश्वब्यापी रुपमा रहेको जनस्वास्थ्यको समस्यालाई नियन्त्रण गर्न बहुक्षेत्रीय समन्वय सहकार्य हुन आवश्यक रहेकोले हाल मानवरोग, पशु तथा चौपाया, पंक्षी उपचार पोल्ट्रीफार्म, कृषि फार्म, फलफूल तरकारी लगायतको उपचार तथा प्रिजर्भ गर्ने मुख्य गरि antibiotics को प्रयोग गर्दै आइरहेकाले उक्त एन्टिबायोटिकको Missuse तथा Over use ले गर्दा तथा जिन्यान्टिक प्रक्रियाबाट समेत नयाँ आउने सन्ततीमा रिसेसटेन्ट हुने भएकाले तत्काल तिनै तहको सरकारले AMR नियन्त्रण गर्नुपर्ने नीति तथा कार्यक्रममा जोड दिनुपर्छ।
कार्यक्रममा करिब ६५ जनाको सबै सरोकारवालाहरुको सहभागिता रहेको थियो। कृषि, भेटनरी, पोल्ट्री, आयुर्वेद चिकित्सक , शिक्षक, विद्यार्थी, पत्रकार, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंम सेविका ज्युहरुको सहभागिता रहेको कार्यक्रममा एक स्वास्थ्यको विश्व स्वास्थ्य संगठनको उद्धेश्य अनुरुप आम नागरिकको स्वास्थ्य प्रवद्र्धन गर्नुपर्ने प्रमुख हेमराज खड्काले बताउनु भयो। प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालयले आगामी दिनमा ८८ वटै नगरपालिका/ गाउँपालिकामा औषधि बिक्री बितरण तथा एन्टिबायोटिकको उपयोगको निगरानी तथा जनचेतनामुलक कार्यक्रममा प्राथमिकता दिने निमित्त प्रदेश सचिव गणेश बहादुर सिंहले बताउदैं कार्यक्रम सम्पन्न गरेका थिए।