पोखरा, ३० जेठ २०८०
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको कार्यबहाक अध्यक्षको जिम्मेवारी देवप्रकाश घिमिरलाई तोकिएको छ ।
संघका अध्यक्ष नारायण प्रसाद बरालको स्वर्गारोहण भै रिक्त रहेको अध्यक्ष पदमा घिमिरेलाई जिम्मेवारी तोकिएको नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरेले जानकारी दिनुभयो।
संघको गण्डकी प्रदेश उपाध्यक्ष रहेका घिमिरेलाई केन्द्रीय समितिले गण्डकी प्रदेशको कार्यबहाक अध्यक्षको जिम्मेवारी तोकेको हो ।
स्वास्थ्य कार्यालय बागलुङमा क्षयकुष्ठ निरिक्षक अधिकृत पदमा कार्यरत घिमिरे स्वास्थ्यकर्मी संघ बागलुङको अध्यक्ष हुँदै प्रदेशको उपाध्यक्ष भएका हुन । घिमिरे नेपाल निजामती कर्मचारी युनियनको जिल्ला तह हुँदै पनि केन्द्रीय प्रतिनिधिको रुपमा रहेका छन ।