काठमाडौं, २८ माघ २०७९
नेपाल स्वास्थ्य व्यवसायी परिषदले गरेको पाचौँ लाइसेन्स परीक्षामा ४२. ३६ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन्।
परिषदले माघ २४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा आज प्रकाशित गरेको हो । परीक्षा पुल्चोक इन्जिनियरिङ कलेजमा सञ्चालन गरिएको थियो ।
यसमा स्नातकोत्तर तहमा १४४ जना सहभागी भएकोमा ६१ जना अर्थात ४२.३६ प्रतिशत उतीर्ण भएका छन् । स्नातक तहमा १५८४ जना परीक्षामा सहभागी थिए । जसमा ८८८ अर्थात ५६.०६ प्रतिशत उतीर्ण भएको परिषदले जानकारी दिएको छ ।
प्रमाण पत्र तहको परीक्षामा ४२११ जना सहभागी भएकोमा १५७९ अर्थात ३७.५० प्रतिशत उतीर्ण भएका छन् । जम्मा ४२.५७ प्रतिशत उतीर्ण भएको परिषद्ले जानकारी दिएको छ।
परीक्षा फल विस्तृत रुपमा नेपाल स्वास्थ्य परिषद्को वेबसाइटमा हेर्न सकिने जानकारी दिइएको छ । प्रमाण पत्र वितरणका लागि वेबसाइट तथा फेसबुक पेजमा सूचना प्रकाशन गरिने जानकारी परिषदले दिएको छ ।