Magnus pharma
आज: २०८२ चैत्र १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा

Nam Raj Bhatta by Nam Raj Bhatta
August 11, 2025
in News
Reading Time: 1 min read
A A
0
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २६ साउन २०८२

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले आफ्नो ज्ञान र सीपलाई निरन्तर अद्यावधिक राख्न निरन्तर व्यावसायिक विकास (सीपीडी) कार्यक्रम अनिवार्य गर्ने भएको छ।

व्यवसायी परिषदमा नाम दर्ता भएका स्वास्थ्यकर्मीहरुले निश्चित समयभित्र नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) नवीकरण गर्ने र त्यसका लागि सीपीडी अनिवार्य गर्ने तयारी परिषदले गरेको हो। सीपीडी कार्यक्रम लागू गर्ने योजनामा रहेको परिषदले यसका लागि आवश्यक छलफल अगाडि बढाइसकेको छ।

परिषदले शुक्रबार सरोकारवालाहरुसँग छलफल गरेर सीपीडीको प्ररम्भिक मोडल समेत तयार पारेको छ। सीपीडीले स्वास्थ्यकर्मीहरूलाई आफ्नो ज्ञान र सीपलाई निरन्तर अद्यावधिक राख्न प्रोत्साहित गर्ने भएकाले यो कार्यक्रम अनिवार्य गर्न खोजिएको परिषद्का अध्यक्ष डा.  सुवोध शर्माले जानकारी दिनुभयो।

डा. शर्माका अनुसार यो नयाँ व्यवस्थालाई ऐनको दफा ९ र नियमावलीको दफा २६ अनुसार नयाँ कार्यविधि बनाएर लागू गरिनेछ। यसको मुख्य उद्देश्य विशेष गरी दुर्गम र नियमित तालिमको अवसरबाट वञ्चित रहेका स्वास्थ्यकर्मीहरूलाई समेत समेट्नु हो। यसका लागि देशका विभिन्न मेडिकल कलेज र प्रतिष्ठानहरूमा तालिम केन्द्र स्थापना गर्ने योजना बनाइएको छ।

डा. शर्माले भने पक्कै पनि यो काम अगाडि बढाउन धेरै चुनौतीहरु आउने नै छ, ‘तर हामी ती चुनौतीको सामना गर्दै यो काम सुरु गरेर नै छाड्छौं,।

त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्राडा. मोहनराज शर्माले एउटा अनुसन्धानको उदाहरण दिँदै भने, ‘कुनै पनि स्वास्थ्यकर्मीले उच्च रक्तचाप सम्बन्धी पाएको ज्ञान १० वर्षपछि १० प्रतिशत मात्र बाँकी रहन्छ।’

आईओएमकै पूर्व डीन प्राडा. रमेशकान्त अधिकारीले सीपीडी कार्यक्रमको ढाँच बनाउने मात्र नभइ कार्यान्वयनमै जानुपर्नेमा जोड दिए। डा. अधिकारीले नेपाल मेडिकल काउन्सिलको उदाहरण दिँदै कार्यविधिसँगै कार्यान्वयनको योजना पनि ल्याउनु पर्ने बताए। ‘यो निकै राम्रो कार्यक्रम हो,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रमा भइरहेको हरेक दिनको विकास र अद्यावधिकका कारण यस क्षेत्रका जनशक्तिलाई धेरै नै अध्ययन गर्नुपर्ने हुन्छ। त्यसकारण जनशक्तिलाई समयानुकुल अपडेट गर्नपनि सीपीडी कार्यक्रम अनिवार्य गर्नुपर्छ।’

कार्यक्रममा सहभागी भएका अधिकांश सरोकारवालाहरुले सीपीडीलाई ‘कागजी’ प्रक्रिया मात्र नभई व्यवहारिक र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका छन्।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.  प्रदीप ज्ञवालीले सीपीडीलाई कानुनी आधारसहित लागू गर्नुपर्ने र यसका लागि चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय र प्रतिष्ठानहरूसँग सहकार्य आवश्यक रहेको बताए।

विश्वका धेरै देशमा पनि यस्तो व्यवस्था प्रचलनमा छ। अमेरिकामा सन् १९९४ पछि लाइसेन्स प्रणाली लागू भई हरेक १० वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको थियो। नेपालमा पनि यो कदमले स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार एक वर्षमा ७ दिन सीपीडी तालिममा सहभागी भएर ५ वर्षमा आवश्यक क्रेडिट पूरा गर्न सकिन्छ। यो नयाँ व्यवस्थाले स्वास्थ्यकर्मीहरूलाई अझ बढी जिम्मेवार र दक्ष बनाउन मद्दत गर्नेछ।

सीपीडी कार्यक्रमका विषयमा आयोजित कार्यक्रममा परिषद्का रजिस्ट्रार लिलानाथ भण्डारीले हाल परिषदमा ३९ विधा र स्नातकोत्तरसहित ५० भन्दा बढी उपविधामा दर्ता हुने गरेको जानकारी दिनुभयो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का डा. ग्याम्पो दोर्जीले स्वास्थ्यकर्मीहरूको सिपिडीमा डब्लुएचओको निरन्तर साथ रहने जानकारी दिनुभयो।

Tags: Dr. Subodha sharmaNepal Health Professional Council
SummarizeShare234ScanTweet147

Related articles

बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती

बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती

by Nam Raj Bhatta
March 24, 2026
0

बैतडी जिल्लामा यो वर्ष ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । नयाँ संक्रमितमध्ये ६६ जना पुरुष र २१ जना महिला रहेका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी...

दन्त सामग्री बितरक संघले काठमाडौंमा चौथो ‘नेपडेन्ट’ सम्मेलन गर्दै

दन्त सामग्री बितरक संघले काठमाडौंमा चौथो ‘नेपडेन्ट’ सम्मेलन गर्दै

by Nam Raj Bhatta
March 24, 2026
0

नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए) को आयोजनामा चैत २६, २७ र २८ गते अन्तर्राष्ट्रिय स्तरको तीन दिने (नेपडेन्ट २०२६) सम्मेलन हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा चौथोपटक उक्त...

दिक्तेलमा ॐ हस्पिटलको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 

दिक्तेलमा ॐ हस्पिटलको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 

by Nam Raj Bhatta
March 24, 2026
0

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा १,६१९ जना सेवाग्राहीले विशेषज्ञ सेवा लिएका छन्। ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले गरिमा विकास बैंक र...

बुङगल नगरपालिकामा अस्पताल निर्माण सम्पन्न, सञ्चालनमा समस्या

बुङगल नगरपालिकामा अस्पताल निर्माण सम्पन्न, सञ्चालनमा समस्या

by Nam Raj Bhatta
March 24, 2026
0

बझाङको बुङगल नगरपालिकामा सुविधासम्पन्न अस्पताल निर्माण कार्य सम्पन्न भएको छ। अस्पताल भवन तयार भए पनि सञ्चालनमा ल्याउन समस्या भएको नगरपालिकाले जनाएको छ। नगर उपप्रमुख धनबहादुर बोहराका अनुसार अस्पताल...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    635 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    624 shares
    Share 250 Tweet 156
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    663 shares
    Share 296 Tweet 153
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती
  • World TB Day 2026 : Half of Affected Children Missing
  • दन्त सामग्री बितरक संघले काठमाडौंमा चौथो ‘नेपडेन्ट’ सम्मेलन गर्दै
  • दिक्तेलमा ॐ हस्पिटलको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 
  • बुङगल नगरपालिकामा अस्पताल निर्माण सम्पन्न, सञ्चालनमा समस्या

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.