धनगढी, ८ माघ २०७९
प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरको आयोजना तथा टीकापुर नगरपालिका कैलालीको समन्वयमा श्री सरस्वती माध्यमिक विद्यालय बनगाउँमा सम्पन्न भएको छ।
टिकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डंगौरा ज्युको प्रमुख आतिथ्यमा तथा प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका प्रमुख श्री हेमराज खड्का ज्युको अध्यक्षतामा एक समारोह आयोजना गरी शिविर उद्घाटन गरेर शिविर सञ्चालन गरिएको थियो।
शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कृष्ण चन्द्र अधिकारी, फिजिसियन डा. सुमन चौधरी, आयुर्वेद चिकित्सक डा. दुर्गा प्रसाद ढुंगाना, दन्त चिकित्सक डा. सन्तोष पण्डित र मेडिकल अधिकृत डा. प्रेम भट्ट लगायतका चिकित्सक हरुबाट आयुर्वेद निशुल्क स्वास्थ्य सेवा दिइएको हो।
शिविरबाट आयुर्वेद स्वास्थ्य सेवा २५९ जना, मुटुरोग परिक्षण २२९ जना, फोक्सो सम्बन्धि जाँच ७९ जना, दातँ सम्बन्धि ८० जना, जेष्ठ नागरिकलाई सहायक समाग्री लौरो ८० जनालाई वितरण गरिएको प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र कञ्चनपुरका प्रमुख हेमराज खड्काले जानकारी दिनुभयो।
नसर्ने रोगको रोकथाम गर्न शारीरिक तन्दुरुस्त कायम गर्न दैनिक indoor दैड गर्ने एक थान Traid Mail मेयर डंगौरा मार्फत प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख खड्काले विद्यालयका अध्यक्ष अमर बहादुर पुन मगरलाई हस्तान्तरण गरेको थियो।
कार्यक्रमको समापनमा बोल्दै नगर प्रमुखले रोगको उपचार भन्दा उपचार नै नगर्ने वातावरण बनाउन स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रमको महत्व तथा आयुर्वेदिक औषधि पद्धतिको विकासमा जोड दिने प्रतिबद्धता गर्नु भएको थियो। यस कार्यक्रमले ५ वर्ष देखि १५ वर्ष सम्मका बालबालिकाहरुमा देखिने जन्मजात मुटुरोग मध्ये मुटु रोग परीक्षणमा १ बच्चा जन्मजात मुटुरोग सिएचडि र ४ जना मुटुरोगको बाथरोग आरएचडि स्क्रिनिङ गरेको थियो। समयमै रोग लाग्न नदिन स्वास्थ्य शिक्षा, बिद्यालय स्वास्थ्य कार्यक्रम मार्फत दिनुपर्नेमा प्रमुख भुमिका रहेको भन्दै उक्त शिविर एक दिनको सञ्चालन भएपनि आयुर्वेद तथा विभिन्न स्वास्थ्य सेवाबाट लाभान्वित भएको प्रमुख खड्काले बताउनु भयो।