आज मिति : २०८२ बैशाख ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो

Nam Raj Bhatta by Nam Raj Bhatta
November 22, 2024
in News
A A
0
नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ७ मंसिर २०८१

स्वास्थ्य प्रवर्द्धनको प्रथम अन्तरराष्ट्रिय सम्मेलन क्यानाडाको ओटावामा २१ नोभेम्बर १९८६ सम्पन्न भएको सन्दर्भ पारी पहिलो पटक स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको आयोजनामा नेपालमा नोभेम्वर २१, २०२४ लाई राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवसको रुपमा मनाइको छ ।

स्वास्थ्य प्रवर्द्धन आजको आवश्यकता : दीगो स्वास्थ्यको सुनिश्चितता (Health Promotion: Today’s Necessity for Ensuring Sustainable Health) भन्ने मूल नाराका साथ यो दिवस एक अन्तरक्रिया कार्यक्रम गरी मनाईएकोछ ।

स्वास्थ्य प्रवर्द्धन विधा तथा पेशालाई आम सरोकारवाला सवैलाई जानकारी गराउने एवं यो दिवसलाई संस्थागत गर्दै जाने उद्देश्यका साथ काठमाडौं‌मा आयोजना गरिएको यो कार्यक्रम स्वास्थ्य प्रवर्द्धनको क्षेत्रमा एक ऐतिहासिक कोशे ढुङ्गा मान्न सकिन्छ।

स्वास्थ्य प्रवर्द्धन र शिक्षाा संघ नेपाल स्वास्थ्यकर्मीको हकहितको लागि आवाज उठाउदै आएको पेशागत संगठन हो र यसको स्थापना सन् २०१३ मा भएको थियो ।

राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवसलाई प्रचारप्रसार गर्न साथै यस दिवसलाई संस्थागत गर्न पैरवी गर्ने उद्देश्यका साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंह हुनुहुन्थ्यो।

अन्य अतिथिहरूमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक केशवराज पण्डित, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरे, पूर्व निर्देशकहरु, नेपाल मेडिकल एसोसिएसन (NMA) का महासचिव डा. संजिव तिवारी, प्राध्यापकहरु, विद्यार्थीहरु, स्वास्थ्य प्रवर्द्धनका विज्ञहरू, र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन HEPEAN का महासचिव डा. भक्त बहादुर केसी तथा कोषाध्यक्ष विनोद कुमार अर्यालले गर्नु भएको थियो भने स्वागत मन्तव्य सदस्य शीला श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रममा स्वास्थ्य प्रवर्द्धन दिवसको पृष्ठभूमि र औचित्य सहित नेपालका स्वास्थ्य समस्याहरू समाधानमा स्वास्थ्य प्रवर्द्धनको बुझाई” भन्ने विषयमा डा. भक्त बहादुर केसीले प्रस्तुतीकरण गर्नु भएको थियो । उक्त प्रस्तुतीमा स्वास्थ्य प्रवर्द्धनको आधारभूत जानकारीलाई समेट्दै, स्वास्थ्यमा दीर्घकालीन सुधारको लागि मार्गचित्र, नेपालमा स्वास्थ्यका अपेक्षित उपलब्धिहरु प्राप्त गर्न स्वास्थ्य प्रवर्द्धनले अंगिकार गरेका मूलभूत सिद्दान्तहरु खास गरी जवाफदेहिता शशक्तिकरण र सहभागीता अवलम्वन गर्नु पर्ने कुरा सुझाएकोछ । Dr. Bhakt kc

खास गरी नसर्ने रोगको महामारीलाई सम्वोधन गर्न स्वास्थ्यका वृहत्तर निर्धारकहरुलाई विचार गर्नु पर्ने र यसको सम्वोधनको लागि स्वास्थ्य प्रवर्द्धनका रणनीतिहरु पेश गरिएको थियो । उक्त प्रस्तुती HEPEAN का अध्यक्ष डा. शालिक राम धितालले तयार गर्नु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहले यो दिवसलाई नेपालले पहिलो पटक HEPEAN को नेतृत्वमा मनाउने कार्य अति नै प्रशंसनीय रहेको र अन्य राष्ट्रहरूको लागि एक सिकाई हुने भएको बताउनु भयो।Dipenra raman

डा. सिंहले स्वास्थ्य प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन चार मुख्य क्षेत्रहरूमा ध्यान दिन सुझाव दिनुभयो:

१. विभिन्न सरोकारवालाहरूमाझ स्वास्थ्य प्रवर्द्धनका लागि पैरवी।
२. स्वास्थ्य प्रवर्द्धन मापनका लागि सूचकहरूको विकास।
३. पर्याप्त बजेट विनियोजन।
४. स्वास्थ्य साक्षरता बढाउनु पर्ने ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक श्री केशव राज पण्डितले अर्को वर्षदेखि यो दिवसलाई राष्ट्रियस्तरमा मनाउन प्रतिबद्धता जनाउँदै बजेट विनियोजन गरिने जानकारी दिनुभयो।

कार्यक्रमका  अतिथि राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचारका पूर्व निर्देशक श्री रमेश चन्द्र न्यौपानेले नेपालमा कम्तिमा एक विश्वविद्यालयले स्वास्थ्य प्रवर्द्धन विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो।

नेपाल चिकित्सक संघका महासचिव डा. संजिव तिवारीले दुरदराजका स्वास्थ्य समस्याहरु समाधान गर्न ठाउँ र बस्तु स्तिथितिमा आधारित योजना निर्माणको आवश्यकता औंल्याउँदै HEPEAN द्वारा नेपालमा राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाउन शुरु गरेको कदमलाई प्रशंसा गर्नुभयो।

कार्यक्रमको समापन HEPEAN का कार्यवाहक अध्यक्ष हेमराज खड्काले गर्नुभएको थियो। अध्यक्ष खड्काले यो दिवसले स्वास्थ्य प्रवर्द्धनको महत्वलाई उजागर गर्दै समाजमा स्वास्थ्य सचेतना र सशक्तीकरणका नयाँ आयामहरू खोल्ने अपेक्षा व्यक्त गर्नुभयो।Hem raj khadka

खड्काले स्वास्थ्य प्रवर्द्धन दिवसले स्वास्थ्य सुधारमा सबैको साझा जिम्मेवारी हुन्छ भन्ने तथ्यलाई स्मरण गराउदै बिधमान स्वास्थ्य प्रणाली सुदृढ गर्न र प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्यको जिम्मा लिन सशक्त बनाउन प्रतिबद्धता हुनु पर्छ भन्ने कुरामा जोड दिएको छ।

Tags: Dr. Bhakta bahadur KCHealth Promotion and Education Association NepalHem Raj khadka
Nisarga hospital Dhangadhi
Previous Post

औषधि बेच्नेलाई नाम र पदसहितको सेतो एप्रोन अनिवार्य लगाउनुपर्ने

Next Post

स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट स्वीकृति

Related articles

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

19 minutes ago
776
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

3 hours ago
793
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

16 hours ago
1.8k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

23 hours ago
796
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

1 day ago
794
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

2 days ago
845
Next Post
Ministry of Health and Population Nepal

स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट स्वीकृति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,015)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...