काठमाडौं, ३ माघ २०७९
सरकारले स्वास्थ्यमन्त्री पदम गिरीलाई नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिए लगत्तै गिरीले मन्त्रालय पुगेर पदभा ग्रहण गरेका हुन्। उनीसँगै स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पनि पदभार ग्रहण गरेकी छिन्।
मंगलबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा सभापति रवि लामिछाने नयाँ मन्त्रीहरुको नाम टुंग्याउने क्रममा डा. कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीको पदमा नियुक्त गरेका हुन्।