काठमाडौं, १३ मंसिर २०७९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा राष्ट्रिय संयुक्त बार्षिक समीक्षा २०७८/०७९ सम्पन्न भएको छ । भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रको सभाहलमा सुरु भएको समीक्षा आज सम्पन्न भएको हो।
कार्यक्रमको औपचारिक उदघाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले गरेका थिए।
दुई दिनसम्म चलेको यो समीक्षा बैठकमा मन्त्रालय, स्वास्थ्य विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा महाशाखा, स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पतालहरुले एक वर्षमा सम्पन्न गरेका काम, उपलव्धी तथा समस्याहरु पेश गरेका छन् ।
समीक्षा गोष्ठिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले यो समीक्षाले विगतका कमीकमजोरी सच्याउँदै आगामी दिनमा अगाडि बढ्न मार्ग निर्देश गर्ने बताए। उनले कोभिड महामारीमा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
डा. पोखरेलले नयाँ जनशक्ति थपेर समस्या समाधानका लागि हामी सबैको हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय योजना आयोगका सदस्य उमाशंकर प्रसादले यो समीक्षाबाट आएका निष्कर्ष कसरी १६औं योजनामा समावेस गर्न सकिन्छ भन्ने विषय महत्वपुर्ण भएको बताए।
प्राविधिक सत्रलाई स्वास्थ्य विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सम्वोधन गरेका थिए । डा. सिंहले स्वास्थ्यले लिएको लक्ष्य, सूचक, र रणनीतिहरु कति सफल भए र कति बाँकी छन्, के कस्ता अफ्ट्याराहरु छन् यो बैठकमा आउने बताएका थिए । उनले समस्याहरु समाधान गर्दै अघि बढ्नका लागि यो बैठक सहयोगी भएको विश्वास समेत व्यक्त गर्नु भएको थियो।
कार्यक्रमा विकास साझेदार संस्थाका प्रतिनिधी नुर पन्त, मन्त्रालयका अतिक्त सचिव, डा. संगिता मिश्र, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, केन्दीय तथा प्रादेशिक सचिवहरु, मुलुकभरका विभिन्न संघीय अस्पतालका प्रमुखहरु तथा विकास साझेदार संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित थियो।
corana bhatta kahile dinu hunchha health workers ko