काठमाडौं, ८ मंसिर २०७९
पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा र उपेन्द्र यादव पराजित हुनुभएको छ । मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहनुभएका खतिवडा एमालेका महेश बतौलासँग पराजित हुनुभएको हो भने उपेन्द्र यादव सप्तरी नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके राउत) सँग पराजित भएका हुन्।
३४ हजार ९१६ मत ल्याएर विजयी हुँदा ३० हजार ३९६ मत ल्याएर पराजित हुनुहुन्थ्यो । एकीकृत समाजवादीबाट उम्मेदवार रहनुभएका खतिवडा सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार हुनुहुन्थ्यो।
शेरबहादुर देउवा नेतृत्वका सरकारमा २०७८ असोज २२ गतेदेखि २०७९ जेठ २२ गतेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्री रहनुभएको थियो। खतिवडा अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै डा. राउत विजयी भएका हुन् ।
राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेन ।