काठमाडौं, २३ असार २०७९
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीलाई विशिष्टीकृत अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड सम्बन्धी विस्तृत योजना तर्जुमामा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने अधिकार पनि दिइएको छ।
राज्यमन्त्री केसीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको छ।
यस्तैगरी, मन्त्रालय अन्तर्गतका परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, वोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्णको अनुगमन गर्ने, समन्वय गर्ने र नीतिगत सुधारका विषयमा राय पेश गर्ने जिम्मा दिइएको छ।
यस्तैगरि विशिष्टीकृत अस्पतालहरुको सेवाप्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि राय पेश गर्ने अख्तियारी पनि स्वास्थ्य राज्यमन्त्रीलाई दिइएको छ।